एसियाली विकास बैकको सिद्धार्थनगरमा तेस्रो योजना लागु

बुटवल  । एसियाली बिकास बैकको सहयोगमा रुपन्देहीमा विभिन्न २७ वटा आयोजना सम्पन्न गर्न सम्झौता भएको छ । सोही अनुसार एसियाली बिकास बैकले १ अर्ब १८ करोडको लागतमा बन्ने भैरहवाका विभिन्न सहरी सडक निमार्णकालागी नगरपालिका र निमार्ण कम्पनी ईकेके ईनफ्रास्टचर लिमिडेट भारत बिच सम्झौता भएको हो । सम्झौता पश्चात कार्यदेश पाएको ९ सय दिन भित्र निमार्ण […]

Dec 12, 2024 - 16:02
 0
एसियाली विकास बैकको सिद्धार्थनगरमा तेस्रो योजना लागु

बुटवल  ।

एसियाली बिकास बैकको सहयोगमा रुपन्देहीमा विभिन्न २७ वटा आयोजना सम्पन्न गर्न सम्झौता भएको छ । सोही अनुसार एसियाली बिकास बैकले १ अर्ब १८ करोडको लागतमा बन्ने भैरहवाका विभिन्न सहरी सडक निमार्णकालागी नगरपालिका र निमार्ण कम्पनी ईकेके ईनफ्रास्टचर लिमिडेट भारत बिच सम्झौता भएको हो ।

सम्झौता पश्चात कार्यदेश पाएको ९ सय दिन भित्र निमार्ण कम्पनीले योजना सम्पन्न गरिसक्नु पर्नेछ । यो योजना अन्तरगत नाला, फुटपाथ, सेफ्टी रेलीङ्ग, खानेपाली, बिजुली, स्टेटलाईट, सडक कालोपत्रे, आरसिसि ढलान तथा नगर सुन्दरीकरणका लगायतका काम हुने सिद्धार्थनगर नगरपालीकाका प्रमुख इस्तियाक अहमद खानले जानकारी दिनुभयो । यो योजनालाई नगरको गौरवको आयोजनाको रुपमा लिईएको  र समयमै सम्पन्न गर्नकोलागी निमार्ण कम्पनीलाई आग्रह समेत गरिएको छ ।  

एसियाली बिकास बैकको ऋण लगानीमा ७५ प्रतिशत नेपाल सरकारको अनुदान, १८ प्रतिसत बाँकी ७ प्रतिशत नगरपालिकाको आन्तरीक स्रोतबाट लगानी हुने नगरपालिकाका योजना शाखाका ईन्जीनीयर साकार श्रेष्ठले जानकारी दिनुभयो ।  यसअघी एडीवीका आईयुडीपी र आरयुडीपीका योजना सफता पुर्वक सम्पन्न गरे पश्चात नगरपालिकाले यो तेस्रो चरणको योजना प्राप्त गरेको हो । अघील्ला दुई योजनाको उत्कृष्ट ब्यबस्थापन गरे वापत नगरपालिका पुरस्कृत समेत भएको थियो ।

सिद्धार्थनगर नगरपालीकाकी उपप्रमुख उमा अधीकारीले नगरपालिकाको अथक प्रयासले गर्दा अन्य पालिकामा भन्दा यहाँ ठेक्का प्रक्रीर्या छिटो भएर योजना लागुहुने चरणमा पुगेकोबताउनुभयो । एडीवीको ऋण लगानीमा हुने युआरएलआईपी योजना रुपन्देहीका सिद्धार्थनगर सहित तिलोत्तमा, देवदह, सैनामैना र लुम्बिनी सांस्कृतिक नगरपालिकामा पनि आएको छ ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले सम्झौता पश्चात एक दुई महिना भित्रमा नै यो योजना कार्यान्वयनको चरणमा जाने बताउनुभयो । निमार्ण कम्पनी ईकेके ईनफ्रास्टचर लिमिडेटका प्रतिनीधी विक्रम गौतमले नगरको गौरवको योजनालाई आफुहरुले समयमै पुरा गर्ने प्रतिबता जनाउनुभयो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register