नेदरल्यान्ड्समा आँधीका कारण १०० भन्दा बढी उडान रद्द

हेग । आँधीले शुक्रबार नेदरल्यान्ड्समा व्यापक अवरोध सिर्जना गर्‍यो । एम्स्टर्डम विमानस्थल सिफोलमा १०० भन्दा बढी उडानहरू रद्द गरियो र रेलमार्ग, सडक यातायात र जलमार्गहरू प्रभावित भएका छन् । डच राष्ट्रिय मौसम विज्ञान संस्थान (केएनएमआई) ले १२ मध्ये १० प्रान्तमा लगभग सम्पूर्ण देशका लागि पहेँलो मौसम चेतावनी जारी गर्‍यो । आँधीको गति ७५ देखि ९० […]

Dec 6, 2024 - 16:42
 0
नेदरल्यान्ड्समा आँधीका कारण १०० भन्दा बढी उडान रद्द

हेग । आँधीले शुक्रबार नेदरल्यान्ड्समा व्यापक अवरोध सिर्जना गर्‍यो । एम्स्टर्डम विमानस्थल सिफोलमा १०० भन्दा बढी उडानहरू रद्द गरियो र रेलमार्ग, सडक यातायात र जलमार्गहरू प्रभावित भएका छन् ।

डच राष्ट्रिय मौसम विज्ञान संस्थान (केएनएमआई) ले १२ मध्ये १० प्रान्तमा लगभग सम्पूर्ण देशका लागि पहेँलो मौसम चेतावनी जारी गर्‍यो ।

आँधीको गति ७५ देखि ९० किलोमिटर प्रतिघन्टा रहेको र तटीय क्षेत्रमा ९० देखि १०० किलोमिटर प्रतिघन्टाको गतिमा हावा चलेको छ ।

उत्तरी वाडेन टापूहरूमा आँधीको गति १०० देखि १२० किलोमिटर प्रति घन्टासम्म पुग्नसक्छ । शुक्रबार बिहानसम्म एक सयभन्दा बढी उडान रद्द भइसकेका छन् ।

फ्लेभोल्याण्ड प्रान्त नजिकैको मार्करवार्ड बाँध आँधीका कारण बन्द गरिएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register