भट्टराई कुलवंश प्रतिष्ठानद्वारा पत्रकारसहित ज्येष्ठ, समाजसेवी र विद्यार्थीलाई सम्मान

भद्रपुर, २२ भदौ । भट्टराई कुलवंश प्रतिष्ठान भद्रपुर नगर समितिले अग्रज पत्रकार गोपाल गिरीलाई सम्मान गरेको छ । प्रतिष्ठानले साधारणसभा तथा गोठधुप पूजाको अवसरमा मंसिर २२ गते महर्षि वशिष्ठ पत्रकारिता पुरस्कारबाट पत्रकार गिरीलाई नगदसहित सम्मान गरेको हो । प्रतिष्ठानले यसै वर्षदेखि वितरण गर्न थालेको महर्षि वशिष्ठ पत्रकारिता पुरस्कार भद्रपुर–८ निवासी गणेशप्रसाद भट्टराई र शकुन्तला भट्टराईले स्थापना गरेका [...] The post भट्टराई कुलवंश प्रतिष्ठानद्वारा पत्रकारसहित ज्येष्ठ, समाजसेवी र विद्यार्थीलाई सम्मान appeared first on Jhapa Online.

Dec 7, 2024 - 09:31
 0
भट्टराई कुलवंश प्रतिष्ठानद्वारा पत्रकारसहित ज्येष्ठ, समाजसेवी र विद्यार्थीलाई सम्मान

भद्रपुर, २२ भदौ । भट्टराई कुलवंश प्रतिष्ठान भद्रपुर नगर समितिले अग्रज पत्रकार गोपाल गिरीलाई सम्मान गरेको छ ।

प्रतिष्ठानले साधारणसभा तथा गोठधुप पूजाको अवसरमा मंसिर २२ गते महर्षि वशिष्ठ पत्रकारिता पुरस्कारबाट पत्रकार गिरीलाई नगदसहित सम्मान गरेको हो । प्रतिष्ठानले यसै वर्षदेखि वितरण गर्न थालेको महर्षि वशिष्ठ पत्रकारिता पुरस्कार भद्रपुर–८ निवासी गणेशप्रसाद भट्टराई र शकुन्तला भट्टराईले स्थापना गरेका हुन् ।

प्रतिष्ठानले साधारणसभाकै अवसरमा सामाजिक व्यक्तित्व भट्टराई कुलवंश प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्ष शेरबहादुर भट्टराई र श्रीकृष्ण द्वैपायन गुरुकुल वेद विद्याश्रमका पूर्वअध्यक्ष रेमनाथ चुडाललाई सम्मान गरेको छ ।

त्यस्तै, प्रतिष्ठानले ज्येष्ठ नागरिक ९१ वर्षीय मुक्तिनाथ घिमिरे र ८१ वर्षीया अम्बिका भट्टराईलाई सम्मान गरेको छ ।

यसैगरी, गत वर्षको एसईई परीक्षमा उत्कृष्ट अंक ल्याउने अनुज कर्ण, सिम्रन दाहाल, इना इजम, अभिषेक भट्टराई र प्रियन्सका भट्टराईलाई सम्मान गरेको छ भने कक्षा–१२ मा उत्कृष्ट अंक ल्याउने सन्दिप प्रसाईं र सीमा आलेमगरलाई सम्मान गरेको छ ।

प्रतिष्ठानका नगर अध्यक्ष चेतनाथ भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष दुर्गाप्रसाद भट्टराईको प्रमुख अतिथ्य रहेको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि भट्टराईले प्रतिष्ठान २०५० सालमा गठन गर्दा जातीय संगठन भनेर धेरै आलोचना भए पनि पछिल्लो समय सोको अनुसारणसँगै प्रशंसा गरिएको बताए ।
पुस्कृत अग्रज पत्रकार गिरीको संक्षिप्त परिचय प्रेस क्लब भद्रपुरका अध्यक्ष राजबाबु शंकरले प्रस्तुत गरेका थिए भने अन्य पुरस्कृति व्यक्तिवका बारेमा प्रतिष्ठानका सल्लाहका अरुण भट्टराई प्रकाश पारेका थिए ।

प्रतिष्ठानका सचिव एकराज भट्टराईले सांगठानिक र कोषाध्यक्ष खेमराज भट्टराई (शैलेश)ले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा प्रतिष्ठानका साधारण सदस्य झलनाथ खनालले पुजा समितिलाई पनि सम्मान गर्नुपर्ने सुझाव दिँदै सो सम्मानको सौजन्य आफूले गर्ने घोषणा गरेका थिए ।

प्रतिष्ठान उपाध्यक्ष चिरञ्जीवी भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सल्लाहकार महेन्द्र भट्टराईले गरेका थिए ।

कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय सदस्य प्रेसप्रसाद भट्टराई, गोमा भट्टराई, पूर्वकेन्द्रीय सदस्य गणेशप्रसाद भट्टराई, प्रदेश सदस्य शालिकराम भट्टराई, जिल्ला सदस्य राजकुमार भट्टराई, महेश भट्टराई, जिल्ला समितिका लेखा संयोजक कुलप्रसाद भट्टराई, जिल्ला तथा नगर समितिका पदाधिकारी एवम् सदस्य तथा भट्टराई बन्धुहरुको बाक्लो उपस्थिति रहेको थियो ।

The post भट्टराई कुलवंश प्रतिष्ठानद्वारा पत्रकारसहित ज्येष्ठ, समाजसेवी र विद्यार्थीलाई सम्मान appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register