उत्कृष्ट निजी करदातालाई उद्योग परिसंघले गर्‍यो सम्मान, पर्यटनतर्फ तारागाउँ रिजेन्सी सम्मानित

काठमाडौँ । नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०८०-८१ का विभिन्न विधामा उत्कृष्ट १४ करदातालाई सम्मान गरेको छ । परिसंघले होटल तथा पर्यटन क्षेत्रतर्फ उच्च कर तिर्ने तारागाउँ रिजेन्सी होटललाई सम्मानित गरेको हो । होटलका कार्यकारी निर्देशक सुरेशराज श्रेष्ठले सम्मानपत्र ग्रहण गरेका छन् । होटलले यसभन्दा अगाडि ५ पटक पर्यटन क्षेत्रमा उत्कृष्ट करदाता बन्दै नेपाल सरकारबाट […]

Dec 8, 2024 - 08:35
 0
उत्कृष्ट निजी करदातालाई उद्योग परिसंघले गर्‍यो सम्मान, पर्यटनतर्फ तारागाउँ रिजेन्सी सम्मानित

काठमाडौँ । नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०८०-८१ का विभिन्न विधामा उत्कृष्ट १४ करदातालाई सम्मान गरेको छ । परिसंघले होटल तथा पर्यटन क्षेत्रतर्फ उच्च कर तिर्ने तारागाउँ रिजेन्सी होटललाई सम्मानित गरेको हो ।

होटलका कार्यकारी निर्देशक सुरेशराज श्रेष्ठले सम्मानपत्र ग्रहण गरेका छन् । होटलले यसभन्दा अगाडि ५ पटक पर्यटन क्षेत्रमा उत्कृष्ट करदाता बन्दै नेपाल सरकारबाट सम्मानित भइसकेको छ । परिसंघबाट सम्मानित हुने करतादाहरूमा एकलौटी फर्मतर्फ श्रुति ट्रेडर्स, निर्याततर्फ डाबर नेपाल, सूचना प्रविधि निर्यात तर्फ कोडावतार टेक प्रालि, कृषि तथा पशुपंक्षीजन्य उद्योगतर्फ पतञ्जली आयुर्वेद रहेका छन् ।

त्यस्तै, बैंक तथा वित्तीय संस्थातर्फ नबिल बैंक, स्वास्थ्य सेवा तथा शैक्षिक संस्थातर्फ लुम्बिनी मेडिकल कलेज र वस्तु व्यापारतर्फ भाटभटेनी सुपर मार्केट सम्मानित भएका हुन् । ऊर्जा क्षेत्रतर्फ उच्च कर तिर्ने भोटेकोसी पावर कम्पनी, रेमिटेन्स तथा मनि ट्रान्सफरतर्फ सिटी एक्सप्रेस मनि ट्रान्सफर, व्यक्तिगत आयकरतर्फ राजबहादुर शाह सम्मानित भए ।

यसैगरी मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ धेरै र नियमिततर्फ होङ्सी सिमेन्ट, ५० करोडसम्म कारोबार भएकामध्ये धेरै कर तिर्ने सोल्टी इन्टरप्राइजेज तथा विशेष उद्योगतर्फ वरुण वेभरेजलाई परिसंघले सम्मान गरेको थियो । परिसंघका तर्फबाट अध्यक्ष राजेश अग्रवालले करदाता उद्योग तथा व्यक्तिहरूका प्रतिनिधिहरूलाई सम्मानपत्र दिएका थिए ।सम्मान कार्यक्रमपछिको अन्तरक्रियामा मुलुकले पर्यटन क्षेत्रबाट धेरै लाभ लिइरहेको उद्योगी तथा व्यवसायीहरूले बताएका थिए । उनीहरूले पर्यटन क्षेत्रको विकासका लागि सरकारले थप पहलकदमी लिनुपर्नेमा समेत जोड दिएका थिए ।

अन्तरक्रियामा नेपाल मेडिकल कलेजको हब बन्ने सम्भावना रहेको तर सरकारको कसिलो नीतिले गाह्रो बनाएको व्यवसायीहरूले बताए । कार्यक्रममा म्यारियट होटलका सञ्चालक शशीकान्त अग्रवालले राज्यले अनावश्यक र अनुत्पादक क्षेत्रमा खर्च कटौति गर्नुपर्ने बताए । हाम्रोभन्दा राष्ट्रिय सुरक्षा संकटमा रहेको पाकिस्तानमा भन्दा धेरै सेना नेपालमा हुनु अनावश्यक भएको उनको तर्क छ ।

नबिल बैंकका डेपुटी सिईओ मनोज ज्ञवालीले नेपाल ऋणहरूको जालोमा पर्ने खतरा रहेको औंल्याए । अहिले ब्याजदर घट्दा पनि निजी क्षेत्रले कर्जा लिन नसकेको बताउँदै उनले यस्तो अवस्थाबाट माथि उठ्न सरकार र निजी क्षेत्रबीच गहन छलफल आवश्यक रहेको बताए । अहिले मौद्रिक नीतिले राम्रो काम गरेर अर्थतन्त्रको बाह्य अवस्था बलियो बनेपनि आन्तरिक अर्थतन्त्रमा सरकारले काम गर्न नसक्दा कमजोर भएको समेत बताए । परिसंघका अध्यक्ष राजेश अग्रवालले निजी क्षेत्रले दिएका सुझाव करिब ४५ प्रतिशत सरकारले बजेट भाषणमा समावेश गरेको तर कार्यान्वयनमा भने अझै समस्या रहेकाले त्यसको मारमा व्यवसायीहरू परेको बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register