सेयर बजारमा पहिरो, कारोबार रकम ७ अर्ब ४६ करोड

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा पहिरो गएको छ । आज नेप्से परिसूचक ४५ दशमलव ९३ अंकले घटेर २६८९ को विन्दुमा पुगेको छ । आइतबार ३२१ कम्पनीका ८१ हजार ४०४ पटकको कारोबारमा १ करोड ७३ लाख ९२ हजार २४४ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ अर्ब ४६ […]

Dec 8, 2024 - 09:39
 0
सेयर बजारमा पहिरो, कारोबार रकम ७ अर्ब ४६ करोड

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा पहिरो गएको छ । आज नेप्से परिसूचक ४५ दशमलव ९३ अंकले घटेर २६८९ को विन्दुमा पुगेको छ ।

आइतबार ३२१ कम्पनीका ८१ हजार ४०४ पटकको कारोबारमा १ करोड ७३ लाख ९२ हजार २४४ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ अर्ब ४६ करोड ३ लाख ४ हजार रुपैयाँ रहेको छ ।

२७ कम्पनीको सेयर मूल्य घट्दा २१४ कम्पनीको बढेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ । आज १३ उपसमूहमध्ये सबै राताम्मे भएका छन् भने एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register