झाँक्री भुजेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले झाँक्री प्रकाश भुजेललाई थुनामा पठाउने आदेश गरेको छ । अदालतले लापरबाहिपूर्वक सवारी चलाएर दुघर्टना गराएको देखिएको भन्दै भुजेललाई थुनामा पठाउन आदेश दिएको हो । अदालतको आदेश अनुसार उनलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । कार्तिक २८ मा काठमाडौँको शंखरापुर नगरपालिका–९ स्थित ब्रम्हखेलमा झाँक्रीले चलाएको […]

Dec 8, 2024 - 13:27
 0
झाँक्री भुजेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले झाँक्री प्रकाश भुजेललाई थुनामा पठाउने आदेश गरेको छ । अदालतले लापरबाहिपूर्वक सवारी चलाएर दुघर्टना गराएको देखिएको भन्दै भुजेललाई थुनामा पठाउन आदेश दिएको हो ।

अदालतको आदेश अनुसार उनलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

कार्तिक २८ मा काठमाडौँको शंखरापुर नगरपालिका–९ स्थित ब्रम्हखेलमा झाँक्रीले चलाएको जिपले ठक्कर दिँदा कागेश्वरी मनोहरा–२ घर भएका नारायण नगरकोटी र उनकी पत्नी सानुमायाको मृत्यु भएको थियो । उक्त दुर्घटनापछि झाँक्री पक्राउ परेका थिए ।

झाँक्रीले चलाएको बा.१९ च २६९५ नम्बरको गाडीले नारायण नगरकोटीको दम्पती सवार बागमती प्रदेश–०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register