प्रधानमन्त्री ज्यू, तपाइँले भारतमा गरेका गतिविधिले देशकाे शीर निहुँरिएकाे छ- ज्ञानेन्द्र शाही
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे भारत भ्रमणका कारण देशकाे शीर निहुँरिएकाे छ ।साेमबार बसेकाे प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डसँग स्पष्टिकरण माग गर्दै सांसद् शाहीले प्रधानमन्त्रीलाई भारत भ्रमणमा हलुका सम्मान गरिएकाे बताउनुभयाे ।
'प्रधानमन्त्री व्यक्ति हाे कि याे राष्ट्रकाे कार्यकारी हाे ? प्रधानमन्त्रीकाे सम्मानमा याे देशकाे सम्मान जाेडिएकाे हुन्छ, व्यक्तिगत रुपमा भ्रमणमा जानुभएकाे हाे भने आपत्ति छैन, तर देशकाे एउटा प्रधानमन्त्रीलाई कार्यालय सहयाेगी बराबरकाे सम्मानले देशकाे शीर निहुँरिएकाे छ'- उहाँले भन्नुभयाे ।
भारत जानु २ घण्टाअघि नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने आपत केही आइलाग्याे भन्दै शाहीले प्रधानमन्त्रीलाई प्रश्न गर्नुभयाे । नागरिकता विधेयककाे विषयवस्तु भन्दा पनि अहिले प्रकियामा विराेध भइरहेकाे उहाँले बताउनुभयाे । 'म फेरि एकपटक भन्न चाहान्छु, तपाइँले भारतमा गरेका गतिविधिले देशकाे शीर निहुँरिएकाे छ'- शाहीले भन्नुभयाे ।
What's Your Reaction?






