असद अपदस्थबारे बाइडनको प्रतिक्रिया– सिरियाली जनताका लागि नयाँ भविष्य निर्माण गर्ने अवसर

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले सिरियाका राष्ट्रपति बशर अल–असद अपदस्थ भएको विषयलाई सकारात्मक लिएको बताएका छन् । हालै ह्वाइट हाउसको एक कार्यक्रममा प्रतिक्रिया दिँदै उनले असदको २४ वर्षे शासनको पतनसँगै अब दुःखकष्ट भोगेका सिरियाली जनताले राहत पाउने बताएका हुन् । राष्ट्रपति बाइडनले सिरियाली जनताका लागि अब नयाँ भविष्य निर्माण गर्ने ऐतिहासिक अवसर आएको बताएको […]

Dec 9, 2024 - 02:19
 0
असद अपदस्थबारे बाइडनको प्रतिक्रिया– सिरियाली जनताका लागि नयाँ भविष्य निर्माण गर्ने अवसर

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले सिरियाका राष्ट्रपति बशर अल–असद अपदस्थ भएको विषयलाई सकारात्मक लिएको बताएका छन् ।

हालै ह्वाइट हाउसको एक कार्यक्रममा प्रतिक्रिया दिँदै उनले असदको २४ वर्षे शासनको पतनसँगै अब दुःखकष्ट भोगेका सिरियाली जनताले राहत पाउने बताएका हुन् ।

राष्ट्रपति बाइडनले सिरियाली जनताका लागि अब नयाँ भविष्य निर्माण गर्ने ऐतिहासिक अवसर आएको बताएको अल–अजिराको समाचारमा उल्लेख छ ।

‘सिरियाली सरकारको पतन एक ऐतिहासिक न्यायको प्रक्रिया हो । यो दुःखकष्ट भोगेका सिरियाका जनताका लागि नयाँ भविष्य निर्माण गर्ने ऐतिहासिक अवसर हो,’ उनले भने ।

यसैबीच विद्रोही समूह हायात ताहिर अल–शाम्स (एचटीएस)ले आक्रमण गरेपछि देश छोडेका सिरियाका राष्ट्रपति बाशर अल–असद परिवारसहित रुस पुगेको पाइएको छ ।

एक रुसी विमानले असदलाई रुस लगेको हुनसक्ने आशंका गरिएको छ ।

विद्रोही फौजले आइतबार बिहान राजधानी दमास्कसमा हमला गरी असदको सत्तालाई पराजित गरेको घोषणा गरेको थियो । विद्रोही राजधानी आइपुग्नुअघि नै असद भागेका थिए । तर उनी कहाँ गए भन्ने यसअघि जानकारी थिएन ।

सम्बन्धित समाचार :

देश छोडेर भागेका सिरियाका राष्ट्रपति असदलाई रुसको आश्रय

यी हुन् सिरियामा असदको पतनका ३ प्रमुख कारण

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register