फेवा तालको किनारमा कथक नृत्य

पोखरा । नेपालस्थित भारतीय दूतावासले पोखराको रमणीय फेवा तालको किनारमा बिहीबार कथक नृत्य कार्यक्रमको आयोजना गरेकाे छ । आठ सदस्यीय नृत्य टोलीद्वारा प्रस्तुत प्रस्तुतिलाई भारतीय सांस्कृतिक सम्बन्ध परिषद्ले सहयोग गरेको हाे । उक्त कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गरेका थिए । कार्यक्रममा प्रदेशका सांसद एवम् वरिष्ठ सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो । मेयर […]

Dec 12, 2024 - 14:43
 0
फेवा तालको किनारमा कथक नृत्य

पोखरा । नेपालस्थित भारतीय दूतावासले पोखराको रमणीय फेवा तालको किनारमा बिहीबार कथक नृत्य कार्यक्रमको आयोजना गरेकाे छ । आठ सदस्यीय नृत्य टोलीद्वारा प्रस्तुत प्रस्तुतिलाई भारतीय सांस्कृतिक सम्बन्ध परिषद्ले सहयोग गरेको हाे ।

उक्त कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गरेका थिए । कार्यक्रममा प्रदेशका सांसद एवम् वरिष्ठ सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो ।

मेयर आचार्यले नेपाल र भारतबिच लामो समयदेखि सभ्यतागत र सांस्कृतिक सम्बन्ध रहेको र यसले दुवै राष्ट्रका जनतालाई एकताबद्ध गराउने काम गरेको कुरामा जोड दिए । उक्त कार्यक्रममा सबै क्षेत्रका दर्शकहरूको उल्लेख्य रूपमा सहभागिता रहेको थियो ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register