रविमाथि ‘अमानवीय व्यवहार’को आरोप: आयोगले बोलायो आइजीपी, बयान दिन पुगे एआईजी

एआइजी टेकबहादुर तामाङ र प्रहरी प्रवक्ता एवम् डीआईजी दानबहादुर कार्कीले आयोग कार्यालयमा पुगेर बयान दिए । उनीहरुले प्रहरीबाट कुनै पनि किसिमको दुर्व्यवहार नभएको र सुरक्षा संवेदनशीलताका कारण राति लैजानुपरेको बताएको आयोगले जनाएको छ ।

Dec 9, 2024 - 10:27
 0
रविमाथि ‘अमानवीय व्यवहार’को आरोप: आयोगले बोलायो आइजीपी, बयान दिन पुगे एआईजी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि सरकार र प्रहरीले ‘अमानवीय व्यवहार गरेको’ भन्दै उजुरी परेपछि राष्ट्रिय मानवअधिकार आयोगले छानबिन थालेको छ ।

चितवनबाट पोखरा लैजान क्रममा अमानवीय तबरबाट राति लगेको भन्दै परेको उजुरीमा अनुसन्धान अघि बढाएको हो ।

दुई उच्चपदस्थ प्रहरी अधिकारीलाई बोलाएर बयान लिएको आयोगमा प्रहरी प्रमुख आइजीपी समेत बयानका लागि जाँदैछन् ।

एआइजी टेकबहादुर तामाङ र प्रहरी प्रवक्ता एवम् डीआईजी दानबहादुर कार्कीले आयोग कार्यालयमा पुगेर बयान दिएका छन् ।

उनीहरुले प्रहरीबाट कुनै पनि किसिमको दुर्व्यवहार नभएको र सुरक्षा संवेदनशीलताका कारण राति लैजानुपरेको बताएको आयोगले जनाएको छ ।

आयोगले प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई नै आज बोलाएको छ । तर, कुँवरले आफू उपत्यका बाहिर भएको भनेर एआईजीलाई पठाएका थिए ।

रास्वपा सभापति लामिछानेकै विषयमा छलफल गर्न बोलाएको आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले जानकारी दिए । उनले भने, ‘उजुरी पनि परेको छ । बाहिर उठेका विषयहरूबारे हामीले सोध्यौँ । उहाँहरूले आफ्नो भनाइ राखेर जानुभएको छ । अनुसन्धान भइरहेको छ । निष्कर्ष निस्कन बाँकी छ ।’

दुर्व्यवहार गरेर चितवनबाट पोखरा लगिएको भन्ने आरोपका बारेमा प्रहरीका उच्च अधिकारीसँगको छलफल पर्याप्त नभएको भन्दै त्यसबारे महानिरीक्षकसँग नै छलफल गरेर निष्कर्षमा पुग्ने आयोगको तयारी छ ।

कुँवर काठमाडौं बाहिर रहेको भन्दै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङ र प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायब महानिरीक्षक  कार्की आयोगको कार्यकक्षमा पुगेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register