उपत्यकासँगै देशभर बिस्तारै चिसो बढ्दै, सतर्कता अपनाउन आग्रह

काठमाडौं । काठमाडौं उपत्यकासँगै मुलुकभर चिसो बढ्न थालेको छ । सतर्कता अपनाउन चिकित्सकहरूले सबैलाई आग्रह गरेको छन् । जाडो महिनामा केही रोगको प्रकोप बढ्ने भएकोले सतर्कता अपनाउन आग्रह गरिएको हो । ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका र गर्भवती महिला विशेष सावधान अपनाउन भनिएको छ । अहिलेको चिसो धेरै नभए पनि महिना दिनपछि बढ्दै जाने अनुमान छ […]

Nov 16, 2024 - 01:47
 0
उपत्यकासँगै देशभर बिस्तारै चिसो बढ्दै, सतर्कता अपनाउन आग्रह

काठमाडौं । काठमाडौं उपत्यकासँगै मुलुकभर चिसो बढ्न थालेको छ । सतर्कता अपनाउन चिकित्सकहरूले सबैलाई आग्रह गरेको छन् ।

जाडो महिनामा केही रोगको प्रकोप बढ्ने भएकोले सतर्कता अपनाउन आग्रह गरिएको हो । ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका र गर्भवती महिला विशेष सावधान अपनाउन भनिएको छ । अहिलेको चिसो धेरै नभए पनि महिना दिनपछि बढ्दै जाने अनुमान छ ।

चिसोबाट बच्न न्यायो लुगा लगाउन, टाउको र छातीलाई चिसोबाट जोगाउन र रातको समयमा सिरक कम्बल जस्ता न्यानो कपडा ओढ्न आग्रह गरिएका छ ।

जाडो बढेसँगै तराईका कतिपय जिल्लामा हुस्सुसमेत लाग्न थालेको छ । यस्तै घरबाहिर खुला स्थानमा धेरै समय नबस्न, तातो खानेकुरा तातोपानी पिउन समेत आग्रह गरिएको छ ।

हिटर वा आगो ताप्दा गिजर प्रयोग गर्दा कोठामा राम्रोसँग हावा आवतजावतको व्यवस्था गर्नुपर्ने छ ।

चिसोले गर्दा मुटु रोग, हृदयघात, फोक्सोमा समस्या श्वासप्रश्वास, बालबालिका तथा ज्येष्ठ नागरिकमा निमोनिया, रुघाखोकी, ज्वरो जस्ता रोगका समस्या देखिन सक्दछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register