रविलाई आज म्याद थपका लागि अदालत लगिँदै

काठमाडौं । सहकारी संस्थाको रकम अपचलनको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ । लामिछानेलाई पछिल्लो पटक थपिएको ४ दिनको म्याद आज (बिहीबार) सकिने भएकाले फेरि अदालत उपस्थित गराउन लागिएको हो । कास्की प्रहरीका अनुसार पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेलाई अझै केही दिन हिरासतमै राखेर अनुसन्धान गर्ने गरी […]

Dec 12, 2024 - 05:35
 0
रविलाई आज म्याद थपका लागि अदालत लगिँदै

काठमाडौं । सहकारी संस्थाको रकम अपचलनको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ ।

लामिछानेलाई पछिल्लो पटक थपिएको ४ दिनको म्याद आज (बिहीबार) सकिने भएकाले फेरि अदालत उपस्थित गराउन लागिएको हो ।

कास्की प्रहरीका अनुसार पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेलाई अझै केही दिन हिरासतमै राखेर अनुसन्धान गर्ने गरी म्याद थपको माग गर्न लागिएको छ ।

उनीसहित ४ जनालाई आज अदालतमा उपस्थित गराउन लागिएको हो ।

लामिछानेलाई बुधबार पर्साबाट कास्की पुर्याइएको थियो । सानोपाइला सहकारीको बचत रकम अपचलनमा बयानका लागि यसअघि सोमबार उनलाई पर्सा लगिएको थियो ।

सहकारी प्रकरणमा मुछिएका लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । त्यसयता उनी कास्की प्रहरीको हिरासतमा छन् ।

लामिछानेलाई यसअघि बयानका लागि कास्कीदेखि रुपन्देही, काठमाडौं र चितवन लगिसकिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register