टिकटकबाट गायब भए आयुष र एलिजे, गाली सहन नसकेर कि फलोअर बचाउन ?

आयुष र एलिजेले टिकटकमा लाइभ बसेर गिफ्ट माग्ने कामलाई आफ्नो पेसा बनाएका थिए । गिफ्टबाट कमाएको पैसाले गत साता काठमाडौंमा घर किनेकै बेला विवाद सुरु भयो । आयुषकी आमा नानुसिंह ठकुरीसँगको झगडा सार्वजनिक भएपछि आमा–छोराबीचको सम्बन्धले टिकटकमा ठूलो चर्चा पायो ।

Dec 9, 2024 - 10:59
 0
टिकटकबाट गायब भए आयुष र एलिजे, गाली सहन नसकेर कि फलोअर बचाउन ?

काठमाडौं । ट्रोलको शिकार बनेका टिकटकमा चर्चामा रहेको जोडी आयुषसिंह ठकुरी र एलिजे जमालीले सोमबार बिहानबाट आफ्ना टिकटक अकाउन्ट डिएक्टिभेट गरेका छन् ।

टिकटकमा असामान्य अभिव्यक्तिका कारण गालीको वर्षा भएपछि एलिजेको २२ लाख र आयुषको १३ लाख फलोअर भएको अकाउन्ट अचानक गायब भएको हो ।

पाकिस्तानी मूलकी एलिजे जमालीले इन्स्टाग्राममा एक भ्वाइस मेसेज पठाउँदै टिकटकबाट केही समयका लागि हटेको बताएकी छिन् । उनले भनेकी छिन्, “ट्रोलको कारण यस्तो निर्णय लिएको हुँ । तर, चाँडै फर्किन्छु । म कहिल्यै झुक्दिनँ ।”

तर, केही समययता उनीहरूमाथि अनफलो गर्नेहरू बढिरहेको र गालीको बाढी आइरहेको थियो । फलोअर सङ्ख्या घट्नबाट बच्नका लागि यो रणनीति हो कि भन्ने आशंका छ ।

आयुष र एलिजेले टिकटकमा लाइभ बसेर गिफ्ट माग्ने कामलाई आफ्नो पेसा बनाएका थिए । टिकटक गिफ्टबाट कमाएको पैसाले उनीहरूले गत साता काठमाडौंमा नयाँ घर किनेकै बेला विवाद सुरु भयो ।

आयुषकी आमा नानुसिंह ठकुरीसँगको झगडा सार्वजनिक भएपछि आमा–छोराबीचको सम्बन्धले टिकटकमा ठूलो चर्चा पायो ।

आमालाई नराम्रो बोलिएको भन्दै आयुष र उनकी पत्नी एलिजे आलोचित भए । पछि नानु ठकुरीले छोरालाई गाली नगर्न आग्रह गरे पनि ट्रोल कम हुन सकेन । पछिल्लो समय आमा नानुलाई पनि गाली आइरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register