हात्तीको हुल रोक्न झापाको शिवसताक्षीमा रात्रिकालीन गस्ती

शिवसताक्षी, २४ मंसिर । जङ्गल क्षेत्रबाट दिनहुँ गाउँ पस्ने जङ्गली हात्तीको हुल रोक्न झापाको शिवसताक्षीमा रात्रिकालीन गस्ती गर्न थालिएको छ । हुलमा आउने जङ्गली हात्ती रोक्न शिवसताक्षी नगरपालिका वडा नं ८ ले समिति नै गठन गरेर रात्रिकालीन गस्ती शनिबारदेखि सुरु गरेको हो । गस्ती टोलीमा कम्तिमा २५ युवा परिचालित छन् । समितिको मुख्य काम हात्ती [...] The post हात्तीको हुल रोक्न झापाको शिवसताक्षीमा रात्रिकालीन गस्ती appeared first on Jhapa Online.

Dec 9, 2024 - 12:52
 0
हात्तीको हुल रोक्न झापाको शिवसताक्षीमा रात्रिकालीन गस्ती

शिवसताक्षी, २४ मंसिर । जङ्गल क्षेत्रबाट दिनहुँ गाउँ पस्ने जङ्गली हात्तीको हुल रोक्न झापाको शिवसताक्षीमा रात्रिकालीन गस्ती गर्न थालिएको छ ।

हुलमा आउने जङ्गली हात्ती रोक्न शिवसताक्षी नगरपालिका वडा नं ८ ले समिति नै गठन गरेर रात्रिकालीन गस्ती शनिबारदेखि सुरु गरेको हो । गस्ती टोलीमा कम्तिमा २५ युवा परिचालित छन् ।

समितिको मुख्य काम हात्ती गाउँ पस्ने गौडामा बसेर गाउँलेलाई सूचना दिनु हो । हाते माइक, सिटी र आकस्मिक काममा प्रयोग गरिने साइरन बजाएर गाउँलेलाई हात्ती गाउँ पसेको सूचना दिने समितिको मुख्य कर्तव्य रहेको वडा अध्यक्ष सन्तकुमार फेउदिनले बताए । वडा नम्बर ८ को झिलझिले, थेचम्बु, बुद्धचोक, डुँडामारी र फुलबारी चोकको गौडा प्रयोग गरेर दिनहुँ जङ्गली हात्ती गाउँ पस्ने गरेका छन् ।

स्थानीयका अनुसार कुनै दिन एउटा मात्र वयस्क हात्ती गाउँ पस्छ भने कुनै दिन हुल नै बाँधिएर हात्ती गाउँ बस्ने गरेका छन् । हात्ती गाउँ पसेपछि स्थानीयले भण्डारण गरेका अन्नपात खाने, बालीनाली कुल्चिएर नष्ट गर्ने र घर भत्काउने गरेको छ ।

कतिपय स्थानीयले हात्ती पसेको थाहा पाएपछि बालबालिका चेपेर घर छोड्ने गरेका छन् । गस्ती टोलीमा अधिकांश युवा छन् । महिनौंदेखि हात्तीले शिवसताक्षी नगरका केही वडामा आतंक मच्चाउन थालेपछि नगरमा पहिलोपटक वडा नम्बर ८ ले रात्रिकालीन गस्ती सुरु गरेको हो ।

गस्ती टोली परिचालित भएपछि स्थानीयलाई ढुक्कले सुत्न वडा अध्यक्ष फेउदिनले आग्रह गरे। ‘हात्ती आएको सूचना हामी तपाईँहरूलाई उपलब्ध गराउँछौँ । त्यतिन्जेल ढुक्कले सुत्नुहोस्,’ उनले भने । पूर्वपश्चिम राजमार्ग उत्तरको रतुवामाई वृक्षरोपण आयोजनाको जङ्गलमा दिनभरि बस्ने र रात परेपछि गाउँ पस्ने हात्तीले स्थानीय आतङ्कित बनेको नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले बताइन् ।

हात्तीबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि वडा नम्बर ८ ले रात्रिकालीन गस्ती सुरु गरेपछि स्थानीय हात्तीपीडितले राहत महसुस गरेका छन् । वडा नम्बर ८ झिलझिलेका बालकृष्ण अधिकारीले भने, ‘गस्तीले सूचना नगरुञ्जेल ढुक्कले सुतिन्छ ।’

चारवटा समूहमा गस्ती टोली परिचालित हुन्छ । हात्ती पस्ने गौडामा गस्ती टोली बस्ने र हात्ती गाउँ पसे गाउँलेलाई सूचना प्रदान गर्ने समितिको योजना छ । वडा अध्यक्ष फेउदिनको नेतृत्वमा गठित समितिमा प्रहरी, रेडक्रसकर्मी, पत्रकार, स्थानीय बजार विकास समितिलगायतका प्रतिनिधि समेटिएका छन् ।

यो समितिमा सब डिभिजन वन कार्यालयका कर्मचारी, सशस्त्र प्रहरी पनि सम्मिलित छन् । स्थानीयवासीले हात्तीलाई गाउँ पस्न नदिन संयुक्त गस्ती सुरु गरेको वडा सचिव पुष्पलाल पाण्डेले जानकारी दिए ।

जङ्गलमा आहारा नपाएपछि त्यसैका लागि हात्ती गाउँ पस्ने गरेका छन् । हात्तीको बासस्थान जङ्गल क्षेत्रमा अतिक्रमण भएका कारण आफ्नो जीवन रक्षाका लागि हात्ती गाउँ पस्ने गरेको विज्ञहरू बताउँछन् । हात्ति संरक्षण भियानमभा जुटेकाले हात्तिको चरण क्षेत्रमा केरा, पिपल लगायता उसलाई मनपर्ने बोट बिरुवा जंगलक्षेत्रमा रोप्नुपर्ने अभियन्ताले बताउदै आएका छन् ।

The post हात्तीको हुल रोक्न झापाको शिवसताक्षीमा रात्रिकालीन गस्ती appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register