रुद्र–गौरी प्रतिष्ठानको न्यानो कपडा पाएपछि विद्यार्थी खुसी

भद्रपुर, १६ मंसिर । रुद्र–गौरी श्री अम्बिका प्रतिष्ठान झापाले आज हिमाली मावि भद्रपुरका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । प्रतिष्ठानले आज विद्यालय परिसरमा शैक्षिक सहयोग कार्यक्रम अन्तरगत यहाँका एक सय विद्यार्थीलाई ट्रयाक सुट वितरण गरेको हो । कार्यक्रममा भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, भद्रपुर वडा नं. १ का अध्यक्ष [...] The post रुद्र–गौरी प्रतिष्ठानको न्यानो कपडा पाएपछि विद्यार्थी खुसी appeared first on Jhapa Online.

Dec 1, 2024 - 11:36
 0
रुद्र–गौरी प्रतिष्ठानको न्यानो कपडा पाएपछि विद्यार्थी खुसी

भद्रपुर, १६ मंसिर । रुद्र–गौरी श्री अम्बिका प्रतिष्ठान झापाले आज हिमाली मावि भद्रपुरका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।

प्रतिष्ठानले आज विद्यालय परिसरमा शैक्षिक सहयोग कार्यक्रम अन्तरगत यहाँका एक सय विद्यार्थीलाई ट्रयाक सुट वितरण गरेको हो । कार्यक्रममा भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, भद्रपुर वडा नं. १ का अध्यक्ष रामप्रसाद अधिकारी लगायतले विद्यार्थीलाई ट्रयाक सुट वितरण गर्नुभयो । विद्यार्थी ट्रयाक सुट पाएपछि खुसी देखिन्थे ।

प्रमुख अतिथि नगर प्रमुख पोखरेलले नगरले सबैको सहयोग र सहकार्यमा नगरको शिक्षा क्षेत्रको स्तरबृद्धिमा गरिरहेको बताउनुभयो । “नगरले शिक्षालाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ”, उहाँले भन्नुभयो, “नगरको एक्लो प्रयासले मात्र सबै काम सम्भव छैन, यसमा सबैको सहयोग महत्वपूर्ण छ ।”

भद्रपुरलाई प्राथमिकतामा राखेर आफ्नो गतिविधि गर्दै आएकोमा उहाँले प्रतिष्ठानलाई धन्यवाद समेत दिनुभयो ।

विशेष अतिथि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले नगरपालिकाले नगरको शैक्षिक उन्नयनमा काम गरिरहेको बताउनुभयो । “राम्रो काम गर्ने विद्यालयहरुलाई नगरले सहयोग गर्दै आएको छ”, उहाँले भन्नुभयो । मेहनती र असल विद्यार्थीहरुलाई सानो सहयोगले पनि थप उपलब्धि हासिल गर्न मद्दत मिल्ने बताउँदै उहाँले न्यानो कपडा वितरण कार्यको प्रसंशासमेत गर्नुभयो ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुहुँदै प्रतिष्ठानका कोषाध्यक्ष यज्ञराज ओली (गोपाल) ले विपन्न बालबालिकालाई शिक्षामा सहयोग गर्ने उद्देश्यले न्यानो कपडा वितरण गरिएको बताउनुभयो । “सबैले सकेको सहयोग गर्न सके समाज रुपान्तरण गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “त्यही ध्येयले विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो ।”

कार्यक्रममा छिमेकी बचत तथा ऋण सहकारी संस्था झिलझिलेका अध्यक्ष एवम् प्रतिष्ठानका सदस्य मोहनप्रसाद मैनाली, सहकारीका कार्यकारी निर्देशक नारदमणि न्यौपाने, सञ्चालक समिति सदस्य यादवकुमार ओली, प्रतिष्ठानका सदस्य अनिरुद्र ओली लगायतले समेत विद्यार्थीलाई ट्रयाक सुट वितरण गर्नुभएको थियो ।

कार्यक्रममा विद्यालयको तर्फबाट प्रतिष्ठानलाई धन्यवाद पत्र समेत प्रदान गरियो । विद्यालयका व्यवस्थापन समिति अध्यक्ष नविनकुमार भट्टराई र प्रधानाध्यापक दीपक दाहालले प्रतिष्ठानले गरेको सहयोग प्रति आभार व्यक्त गर्दै आगामी दिनमा समेत सहयोग गरेर विद्यार्थीलाई हौसला प्रदान गर्न आग्रह गर्नुभयो ।

शैक्षिक सहयोग कार्यक्रमका संयोजक उमेश चन्द्र ओलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पत्रकार विनोद सापकोटाले गर्नुभएको थियो । अध्यक्ष ओलीले प्रतिष्ठानले एक करोड रुपैयाँ अक्षयकोष स्थापना गरेर समाज रुपान्तरणमा योगदान पु¥याउनेहरुलाई सम्मान सँगै विभिन्न सामाजिक कार्य गर्दै आएको बताउनुभयो ।

प्रतिष्ठानले छिमेकी बचत तथा ऋण सहकारी संस्था झिलझिलेसँगको सहकार्यमा झापाका तीन वटा पालिकाका ११ वटा सामुदायिक विद्यालयका पाँच सय २४ जना विद्यालयलाई ट्राक सुट वितरण गरिसकेको छ ।

भद्रपुर नगरपालिका, कनकाई र शिवताक्षीका सामुदायिक विद्यालयमा प्रतिष्ठानले मात्र तीन सय वटा ट्रयाक सुट वितरण गरेको छ भने छिमेकी सहकारीसँगको सहकार्यमा २२४ वटा ट्रयाक सुट वितरण गरिएको प्रतिष्ठानका कोषाध्यक्ष यज्ञराज ओलीले जानकारी दिनुभयो ।

त्यसैगरी, प्रतिष्ठानका संस्थापक कार्यकारी सदस्य तुलसादेवी ओलीले जिल्लाका तीन वटा अपाङ्ग, सुस्तश्रवण संस्थाका ४१ जना विद्यार्थीलाई ट्रयाक सुट र ती संस्थालाई खाद्यान्न प्रदान गर्नुभएको कोषाध्यक्ष ओलीले जानकारी दिनुभयो ।

The post रुद्र–गौरी प्रतिष्ठानको न्यानो कपडा पाएपछि विद्यार्थी खुसी appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register