दमकमा पाउरोटी उद्योग शील

दमक, ६ मंसिर । झापाको दमक नगरपालिका–५ मा रहेको एक वटा पाउरोटी उद्योगलाई स्थानीय खाद्य टिमले शिल गरेको छ । दमक नगरपालिकाको खाद्य टोली र झापा जिल्ला खाद्य निरीक्षण समूहले विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा उक्त उद्योगले दर्ता बिना सञ्चालन गर्दै आएको र पाउरोटी उत्पादनमा उत्पादन मिति, समाप्ति मिति, उद्योगको नाम र ठेगाना उल्लेख नगरेको [...] The post दमकमा पाउरोटी उद्योग शील appeared first on Jhapa Online.

Nov 21, 2024 - 16:12
 0
दमकमा पाउरोटी उद्योग शील

दमक, ६ मंसिर । झापाको दमक नगरपालिका–५ मा रहेको एक वटा पाउरोटी उद्योगलाई स्थानीय खाद्य टिमले शिल गरेको छ ।

दमक नगरपालिकाको खाद्य टोली र झापा जिल्ला खाद्य निरीक्षण समूहले विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा उक्त उद्योगले दर्ता बिना सञ्चालन गर्दै आएको र पाउरोटी उत्पादनमा उत्पादन मिति, समाप्ति मिति, उद्योगको नाम र ठेगाना उल्लेख नगरेको पाइएको थियो ।

साथै, उत्पादनमा अखाद्य रङ मिसाएर पाउरोटी तयार पारिएको पुष्टि भएपछि उत्पादनलाई जफत गरी फोहोरमैला केन्द्रमा डिस्पोज गरिएको छ। सोही क्रममा उद्योगलाई शील गरिएको हो ।

The post दमकमा पाउरोटी उद्योग शील appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register