‘मोडिफाई’ गरेर ध्वनी प्रदुषण गर्ने ५२ मोटरसाइकल नियन्त्रणमा, स्वरुप बिगार्नेलाई झ्यापझ्याप समाउँदै प्रहरी !

काठमाडौँ । ध्वनी प्रदुषण गराउने ५२ मोटरसाइकल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्याकामा बाईक ‘मोडिफाई’ गरेर ध्वनी प्रदुषण गराउने ५२ मोटरसाइकल नियन्त्रणमा लिइएको हो । विगत लामो समयदेखि मोटरसाइकल मोडिफाई गरेर शहरी क्षेत्रमा होहल्ला मच्चाउँदै हिँड्ने, ध्वनी प्रदुषण गर्ने, साईलेन्सर पाईपबाट आगोको झिल्कासमेत निकाल्ने मोटसाइकलहरू नियन्त्रणमा लिइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको […]

Dec 10, 2024 - 03:23
 0
‘मोडिफाई’ गरेर ध्वनी प्रदुषण गर्ने ५२ मोटरसाइकल नियन्त्रणमा, स्वरुप बिगार्नेलाई झ्यापझ्याप समाउँदै प्रहरी !

काठमाडौँ । ध्वनी प्रदुषण गराउने ५२ मोटरसाइकल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्याकामा बाईक ‘मोडिफाई’ गरेर ध्वनी प्रदुषण गराउने ५२ मोटरसाइकल नियन्त्रणमा लिइएको हो ।

विगत लामो समयदेखि मोटरसाइकल मोडिफाई गरेर शहरी क्षेत्रमा होहल्ला मच्चाउँदै हिँड्ने, ध्वनी प्रदुषण गर्ने, साईलेन्सर पाईपबाट आगोको झिल्कासमेत निकाल्ने मोटसाइकलहरू नियन्त्रणमा लिइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

ती मोटरसाइकलहरु मंसिर १९ गतेयता नियन्त्रणमा लिइएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । हाल ट्राफिक प्रहरीले वन तथा वातावरण मन्त्रालय वातावरण विभागसँग समन्वय गरी अभियानकै रुपमा चेकजाँचलाई अगाडी बढाएको छ ।

सोही क्रममा सोमबार मात्रै १२ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको एसपी संजयबहादुर राउतले जानकारी दिएका छन् । एसपी राउतका अनुसार कतिपयले साइलेन्सरमा प्वाल पारेको, साइलेन्सर परिवर्तन गरेको, डिभी किलर झिकेर ठूलो आवाज निकाल्ने गरेको पाइएको छ ।

नियन्त्रणमा लिइएका मोटरसाइकलहरूमध्ये १६ वटा बुलेट, १३ वटा क्रसफायर, ७ वटा आर१५, ६ वटा केटिएम ड्युक, २ वटा बेनिली र अन्य ८ ओटा गरी ५२ वटा छन् । कार्यालयका अनुसार नियन्त्रणमा लिएका मोटरसाइकलाई वातावरण विभागले परीक्षण गराइ स्वरुप परिवर्तन गरेकालाई आवश्‍यक कारवाहीका लागी यातायात व्यवस्था कार्यालय सतुंगल पठाइने र अन्यलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम ट्राफिक जरीवाना गरिने छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register