समृद्धि फाइनान्सद्धारा निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न

काठमाडौँ । समृद्धि फाइनान्सले निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न गरेको छ । फाइनान्सले मङ्सिर २५ गते संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पुतलीसडक कार्यालयद्धारा एकदिने निःशुल्क आँखा परीक्षण र परामर्श शिविर सम्पन्न गरेको हो । उक्त कार्यक्रम पुतलीसडकको शंकरदेव क्याम्पस अगाडी ट्याक्सी स्ट्याण्डमा सम्पन्न भएको हो । काठमाडौँ महानगरपालिका वडा २८ को सहकार्य र नेपाल आखाँ […]

Dec 10, 2024 - 12:31
 0
समृद्धि फाइनान्सद्धारा निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न

काठमाडौँ । समृद्धि फाइनान्सले निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न गरेको छ । फाइनान्सले मङ्सिर २५ गते संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पुतलीसडक कार्यालयद्धारा एकदिने निःशुल्क आँखा परीक्षण र परामर्श शिविर सम्पन्न गरेको हो ।

उक्त कार्यक्रम पुतलीसडकको शंकरदेव क्याम्पस अगाडी ट्याक्सी स्ट्याण्डमा सम्पन्न भएको हो ।

काठमाडौँ महानगरपालिका वडा २८ को सहकार्य र नेपाल आखाँ अस्पताल, त्रिपुरेश्वरको प्राविधिक सहयोगमा भएको शिविरमा आँखा विशेषज्ञ डाक्टरले सेवा प्रदान गरेका थिए । सो कार्यक्रममा आँखा परीक्षणमा ३८१ जना सेवाग्राहीले परीक्षण तथा परामर्श सेवा लिनुको साथै १०० जनालाई नि:शुल्क चश्मा र आवश्यकता अनुसार औषधि वितरण भएको फाइनान्सले जनाएको छ भने जसमध्य १४ जनाको मोतियविन्दु पहिचान गरिएको थियो ।

फाइनान्सको जानकारी अनूसार मोतियविन्दु पहिचान भएका सेवाग्राहीको नि:शूल्क शल्यक्रिया समेत हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register