चार महिनामा भित्रियो ५ खर्ब २१ अर्ब रेमिट्यान्स 

काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा ५ खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको ४ महिनाको तुलनामा विप्रेषण आप्रवाह ९ दशमलव १ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२ दशमलव ५ प्रतिशतले बढेको थियो । समीक्षा […]

Dec 12, 2024 - 11:39
 0
चार महिनामा भित्रियो ५ खर्ब २१ अर्ब रेमिट्यान्स 

काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा ५ खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको ४ महिनाको तुलनामा विप्रेषण आप्रवाह ९ दशमलव १ प्रतिशतले वृद्धि भएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२ दशमलव ५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख ४७ हजार ४ सय ७८ रहेको छ । त्यस्तै, पुनः श्रम स्वीकृति लिनेको संख्या ९४ हजार १०५ रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १ लाख ३७ हजार ४ सय ७५ र ६८ हजार ८४१ रहेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ५६८ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५२१ अर्ब ४३ करोड रुपैयाँ रहेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register