बेलायतका नेपाली इन्जिनियरहरुले गरे रक्तदान

लन्डन । सोसाइटी अफ नेपलिज इन्जिनियर्स इन यूकेले लन्डनमा एक रक्तदान कार्यक्रम गरेको छ । सोसाइटीले ११ जनवरी शनिबार वेष्टफिल्ड लन्डनस्थित ब्लड डोनर सेन्टरमा रक्तदान कार्यक्रम गरेको हो । प्रारम्भिक चरणमा बेलायतस्थित करिब २० जना इन्जिनियरहरुले रक्तदानका लागि नाम दर्ता गरेपनि फ्लुको प्रकोप र अत्यधिक चिसो मौसमका कारण उपस्थिति अपेक्षित न्यून हुन पुगेको सोसाइटीले जनाएको […]

Jan 11, 2025 - 21:56
 0
बेलायतका नेपाली इन्जिनियरहरुले गरे रक्तदान

लन्डन । सोसाइटी अफ नेपलिज इन्जिनियर्स इन यूकेले लन्डनमा एक रक्तदान कार्यक्रम गरेको छ । सोसाइटीले ११ जनवरी शनिबार वेष्टफिल्ड लन्डनस्थित ब्लड डोनर सेन्टरमा रक्तदान कार्यक्रम गरेको हो ।

प्रारम्भिक चरणमा बेलायतस्थित करिब २० जना इन्जिनियरहरुले रक्तदानका लागि नाम दर्ता गरेपनि फ्लुको प्रकोप र अत्यधिक चिसो मौसमका कारण उपस्थिति अपेक्षित न्यून हुन पुगेको सोसाइटीले जनाएको छ ।

सोसाइटीका अध्यक्ष वरिष्ठ इन्जिनियर सुबोध तिमिल्सिनाले भने, ‘आजको चुनौतीपूर्ण परिस्थितिमा पनि धेरै प्रतिवद्ध इन्जिनियरहरूले रक्तदान केन्द्रमा आएर रक्तदान गर्नुभयो । हामी हाम्रो सामाजिक र मानवीय जिम्मेवारीहरूलाई धेरै गम्भीरताका साथ लिन्छौं । आज हामीले संस्थाको इतिहासमा पहिलोपटक यस्तो कार्यक्रम आयोजना गरेका छौं। हामी यो पहल बेलायतभर जारी राख्न तत्पर छौं ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register