ज्योति क्यापिटलको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ । ज्योति क्यापिटल लिमिटेडको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । संचालक समितिका अध्यक्ष प्रकाश बरालको अध्यक्षतामा पुष २६ गते ज्योति विकास बैंकको केन्द्रीय कार्यालय, कमलपोखरी, काठमाडौँको सभाहलमा सम्पन्न भएको हो । उक्त सभाले आर्थिक वर्ष २०८०-०८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८१ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद […]

Jan 12, 2025 - 10:51
 0
ज्योति क्यापिटलको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ । ज्योति क्यापिटल लिमिटेडको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । संचालक समितिका अध्यक्ष प्रकाश बरालको अध्यक्षतामा पुष २६ गते ज्योति विकास बैंकको केन्द्रीय कार्यालय, कमलपोखरी, काठमाडौँको सभाहलमा सम्पन्न भएको हो ।

उक्त सभाले आर्थिक वर्ष २०८०-०८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८१ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।

सभाले सेयरधनीहरुलाई चुक्ता पूँजीको ३.१६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । सभाले आव २०८१-०८२ को लागि श्री पिएलआरजी एसोसियट्स, चाटर्ड एकाउण्टेन्ट्स्लाई क्यापिटलको लेखापरीक्षकमा नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गरेको छ ।

त्यस्तै, सभाले सञ्चालक समितिबाट नियुक्त भएका दुई जना स्वतन्त्र संचालकहरुको नियुक्ति अनुमोदन समेत गरेको छ । ज्योति विकास बैंकको सहायक कम्पनीका रूपमा रहेको यस क्यापिटलको चुक्ता पूँजी २१ करोड रहेको छ ।

हरेक ग्राहकहरुको सम्पन्नताको सहयात्री बन्ने उद्देश्य वोकेको यस क्यापिटलले नेपाल धितोपत्र बोर्डमा मर्चेन्ट बैंकिङ्ग कार्य गर्न अनुमति प्राप्त गरी धितोपत्रको प्रत्याभुति, लगानी व्यवस्थापन, संस्थागत परामर्श, लगायतका सेवा प्रदान गर्दै आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register