गरिमा क्यापिटलको नवौं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ । गरिमा क्यापिटल लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको सभा पुस २५ गते बिहिबार काठमाडौँ बुढानीलकण्ठस्थित लेमन ट्रि प्रिमियर होटलमा सम्पन्न भएको हो । क्यापिटलका सञ्चालक समितिका अध्यक्ष दिपक पाण्डेको अध्यक्षतामा सम्पन्न उक्त वािर्षक साधारण सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि सहभागी सेयरधनीहरुले राखेको जिज्ञासाहरुको अध्यक्ष दिपक पाण्डेय एवं […]

Jan 12, 2025 - 06:12
 0
गरिमा क्यापिटलको नवौं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ । गरिमा क्यापिटल लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको सभा पुस २५ गते बिहिबार काठमाडौँ बुढानीलकण्ठस्थित लेमन ट्रि प्रिमियर होटलमा सम्पन्न भएको हो ।

क्यापिटलका सञ्चालक समितिका अध्यक्ष दिपक पाण्डेको अध्यक्षतामा सम्पन्न उक्त वािर्षक साधारण सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि सहभागी सेयरधनीहरुले राखेको जिज्ञासाहरुको अध्यक्ष दिपक पाण्डेय एवं प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराइले स्पष्ट पारेका थिए ।

सभामा गरिमा विकास बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष, पूर्व अध्यक्षहरु, गरिमा म्युचूअल फण्डअन्तर्गत गरिमा समृद्धि योजनाका कोष सुपरिवेक्षकहरु तथा सेयरधनीहरुको उपस्थिती रहेको थियो ।

नवौं वार्षिक साधारण सभाको कार्यक्रम सञ्चालन क्यापिटलका कम्पनी सचिव अशोक सुवेदी तथा स्वागत मन्तब्य क्यापिटलका सञ्चालक एवं गरिमा विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीले गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register