प्रतिष्ठाको लडाइँमा लुम्बिनी, जितका साथ प्लेअफ सम्भावना बलियो बनाउने लक्ष्यमा कर्णाली

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज (शुक्रबार) पनि दुई खेल हुँदैछन् । पहिलो खेल लुम्बिनी लायन्स र कर्णाली याक्स र दोस्रो स्पर्धा विराटनगर किङ्स र चितवन राइनोजबीच हुनेछ । पहिलो खेल बिहान ९ र दोस्रो खेल १ बजे सुरु हुनेछ । लुम्बिनी प्रतियोगिताबाट बाहिरिइसकेको छ । यसर्थ उसका […]

Dec 13, 2024 - 02:27
 0
प्रतिष्ठाको लडाइँमा लुम्बिनी, जितका साथ प्लेअफ सम्भावना बलियो बनाउने लक्ष्यमा कर्णाली

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज (शुक्रबार) पनि दुई खेल हुँदैछन् ।

पहिलो खेल लुम्बिनी लायन्स र कर्णाली याक्स र दोस्रो स्पर्धा विराटनगर किङ्स र चितवन राइनोजबीच हुनेछ । पहिलो खेल बिहान ९ र दोस्रो खेल १ बजे सुरु हुनेछ ।

लुम्बिनी प्रतियोगिताबाट बाहिरिइसकेको छ । यसर्थ उसका लागि आजको खेल प्रतिष्ठाको लडाइँ मात्र हुनेछ । पहिलो संस्करणको एनपीएलमा आफ्नो अन्तिम खेल खेल्दै गरेको उ जितका साथ प्रतियोगिताको अन्त्य गर्न चाहन्छ ।

यता कर्णालीले ५ खेलमा ६ अंक जोडेको छ । आज लुम्बिनीविरुद्ध जित हात पार्दै कर्णाली प्लेअफ सम्भावना बलियो पार्न चाहन्छ ।

लुम्बिनीको कप्तानी रोहित पौडेल तथा कर्णालीको सोमपाल कामीले गर्नेछन् ।

आजको दोस्रो खेलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्सले कुशल मल्लको कप्तानीमा रहेको चितवन राइनोजको सामना गर्दैछ । खेल दिउँसो १ बजे सुरु हुनेछ ।

प्रतियोगिताअन्तर्गत ५ खेलमा ३ जित र २ हारका साथ चितवन अंक तालिकाको तेस्रो स्थानमा छ । उ यो खेलमा जित निकालेर प्लेअफ सम्भावना बलियो बनाउने लक्ष्यमा रहेको छ ।

५ खेलमा ४ मा हार र १ मा जितका साथ विराटनगर तालिकाको पुछारमा छ । यो खेलमा जित हात पार्दै विराटनगर प्लेअफको झिनो सम्भावना कायमै राख्न चाहन्छ ।

‘महान’ क्रिकेटर लारा आज नेपाल आउँदै

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register