अझै नियन्त्रणमा आउन सकेन लस एन्जलसको आगो, मृत्यु हुनेको सङ्ख्या १६ पुग्यो
काठमाडौं । अमेरिकाको लस एन्जलसमा लागेको आगलागीका कारण हालसम्म १६ जनाको मृत्यु भएको छ । यहाँको मेडिकल एग्जामिनरको कार्यालयले यसको पुष्टि गरेको छ । ईटनमा भएको आगलागीमा ११ जनाको मृत्यु भएको छ भने पालिसेड्समा पाँच जनाको मृत्यु भएको छ । मृतकको सङ्ख्या अझै बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । पालिसेड्समा आगलागीबाट करिब २१ हजार एकड क्षेत्रफल […]

काठमाडौं । अमेरिकाको लस एन्जलसमा लागेको आगलागीका कारण हालसम्म १६ जनाको मृत्यु भएको छ ।
यहाँको मेडिकल एग्जामिनरको कार्यालयले यसको पुष्टि गरेको छ ।
ईटनमा भएको आगलागीमा ११ जनाको मृत्यु भएको छ भने पालिसेड्समा पाँच जनाको मृत्यु भएको छ । मृतकको सङ्ख्या अझै बढ्न सक्ने अधिकारीहरुले बताएका छन् ।
पालिसेड्समा आगलागीबाट करिब २१ हजार एकड क्षेत्रफल प्रभावित भएको छ । हालसम्म यहाँको करिब ८ प्रतिशत आगो दमकलले निभाएको छ ।
आगलागीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमध्ये ईटन दोस्रो स्थानमा छ । यहाँको करिब १४ हजार एकड क्षेत्रफल आगलागीबाट नष्ट भएको छ ।
लस एन्जलसका पालिसेड्स, ईटन, हर्स्ट, लिडिया, आर्चर र केनेथ क्षेत्र आगोले प्रभावित छ ।
सम्बन्धित सामग्री-
हलिउड गढ लस एन्जलसमा डढेलो : कुन-कुन सेलिब्रेटीको कति मूल्यको घर जल्यो ?
हरेक मिनेट पाँच फुटबल मैदान बराबरको क्षेत्र नष्ट, यी हुन् आगो लाग्नुका तीन कारण
What's Your Reaction?






