पुष महिनाका लागि अधिकांश बैंकको ब्याजदर स्थिर

काठमाडौँ । अधिकांश वाणिज्य बैंकहरुले पुस महिनाका लागि मङ्सिर महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । बैंकहरुले पुस महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गर्दै अधिकांश वाणिज्य बैंकहरुले मङ्सिर महिनाकै निक्षेपको ब्याजदरलाई निरन्तरता दिएका हुन् । पुस महिनामा वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर औसतमा ०.०५ प्रतिशत बिन्दुले बढेको छ । योसँगै मङ्सिर महिनामा अधिकतम ५.९७ प्रतिशत […]

Dec 15, 2024 - 05:55
 0
पुष महिनाका लागि अधिकांश बैंकको ब्याजदर स्थिर

काठमाडौँ । अधिकांश वाणिज्य बैंकहरुले पुस महिनाका लागि मङ्सिर महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । बैंकहरुले पुस महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गर्दै अधिकांश वाणिज्य बैंकहरुले मङ्सिर महिनाकै निक्षेपको ब्याजदरलाई निरन्तरता दिएका हुन् ।

पुस महिनामा वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर औसतमा ०.०५ प्रतिशत बिन्दुले बढेको छ ।

योसँगै मङ्सिर महिनामा अधिकतम ५.९७ प्रतिशत ब्याज दिएका २० वाणिज्य बैंकहरुले पुसमा व्यक्तिगत निक्षेपको ब्याजदर औसतमा ६.०२ प्रतिशत ब्याज दिने भएका छन् ।

पुसमा २० मध्ये तीन वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाएका छन् भने तीन वाणिज्य बैंकहरुले ब्याजदर बढाएका छन् । बाँकि १४ बैंकले भने मङ्सिर महिनाकै ब्याजदरलाई निरन्तरता दिने निर्णय गरेका छन् ।

ब्याजदर बढाउनेमा एनएमबि बैंक, प्राइम कमर्सियल बैंक र कृषि विकास बैंक छन् भने ब्याजदर घटाउनेमा एनआइसी एशिया बैंक, सानिमा बैंक र नेपाल बैंक रहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register