राष्ट्रिय सहकारी महासंघका नवनियुक्त महाप्रबन्धक थापाद्वारा पदभार ग्रहण

काठमाडौँ । राष्ट्रिय सहकारी महासंघका नवनियुक्त महाप्रबन्धक सुरेश थापाले पदभार ग्रहण गरेका छन् । महासंघका कार्यवाहक अध्यक्ष रमेश प्रसाद पोखरेल, उपाध्यक्ष खेम पाठक, संचालक टेकप्रसाद चौलागाई र निवर्तमान महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङको उपस्थितिमा उनले पदभार ग्रहण गरेका हुन् । कार्यवाहक अध्यक्ष पोखरेलले आगामी चार वर्षे कार्यकाल सहकारी अभियानका लागि उपलब्धीपूर्ण हुने विश्वास व्यक्त गर्दै शुभकामना व्यक्त […]

Jan 15, 2025 - 12:26
 0
राष्ट्रिय सहकारी महासंघका नवनियुक्त महाप्रबन्धक थापाद्वारा पदभार ग्रहण

काठमाडौँ । राष्ट्रिय सहकारी महासंघका नवनियुक्त महाप्रबन्धक सुरेश थापाले पदभार ग्रहण गरेका छन् । महासंघका कार्यवाहक अध्यक्ष रमेश प्रसाद पोखरेल, उपाध्यक्ष खेम पाठक, संचालक टेकप्रसाद चौलागाई र निवर्तमान महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङको उपस्थितिमा उनले पदभार ग्रहण गरेका हुन् ।

कार्यवाहक अध्यक्ष पोखरेलले आगामी चार वर्षे कार्यकाल सहकारी अभियानका लागि उपलब्धीपूर्ण हुने विश्वास व्यक्त गर्दै शुभकामना व्यक्त गरे । पदभार ग्रहण गर्दै महाप्रबन्धक थापाले आगामी १० दिनभित्र सहकारीमा पछिल्लो समय सहकारी अभियानमा सिर्जना भएका नीतिगत व्यवस्थाका विषयमा आवश्यक छलफल गरी साझा धारणा तय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्यस्तै, पदभारग्रहण गरेपछि महासंघका कर्मचारीहरुले महाप्रबन्धक थापालाई शुभकामना व्यक्त गरेका थिए । काभ्रे पनौती नगरपालिका निवासी थापा सन् २०१४ नोभेमबरमा अधिकृतका रुपमा महासंघमा प्रवेश गरेका थिए । सन् २०२२ मा उनी नायब महाप्रबन्धमा नियुक्त भएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register