कर्णाली भूकम्पको उच्च जोखिममा छ : मुख्यमन्त्री कँडेल

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेश भूकम्पको उच्च जोखिममा रहेको बताएका छन् । ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नाराका साथ कर्णाली प्रदेश सरकारले बुधबार वीरेन्द्रनगरमा २७औँं भूकम्प सुरक्षा दिवस–२०८१ आयोजना गरेको थियो । सो कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले विभिन्न तथ्याकंले कर्णाली प्रदेश […]

Jan 15, 2025 - 16:02
 0
कर्णाली भूकम्पको उच्च जोखिममा छ : मुख्यमन्त्री कँडेल

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेश भूकम्पको उच्च जोखिममा रहेको बताएका छन् ।

‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नाराका साथ कर्णाली प्रदेश सरकारले बुधबार वीरेन्द्रनगरमा २७औँं भूकम्प सुरक्षा दिवस–२०८१ आयोजना गरेको थियो । सो कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले विभिन्न तथ्याकंले कर्णाली प्रदेश भूकम्पीय उच्च जोखिममा रहेको बताएका हुन् ।

“विपद् प्रतिकार्यको तयारीमा सरकार निरन्तर लागि परेको छ,” उनले भने, “यसबाट जोगिन हरेक सरोकारवालाको जिम्मेवारी उत्तिकै छ ।”

जाजरकोट भूकम्पका प्रभावितको पुनःनिर्माणका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु ५० करोड बजेट विनियोजन गरेको उनले जानकारी दिए ।

मुख्यमन्त्री कँडेलले विकास साझेदारहरु एक्लाएक्लै हिँड्न रमाउने गरेको टिप्पणी गर्दै सरकारसँगै हिँड्न सुझाए । सो कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सरकारका प्रमुख सचिव चूडामणि पौडेलले भूकम्प प्रतिरोधी संरचना निर्माण गर्नुपर्नेमा जोड दिए ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले कर्णाली भूकम्पको उच्च जोखिममा भएकाले सधैं सतर्क रहनुपर्ने बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register