लिग चरण सकिँदा रोहित सबैभन्दा बढी रन बनाउने खेलाडी, विकेट लिनेमा कुगेलेइन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लिग चरणका खेल सकिँदा अंक तालिकाको पुछारमा रहेको टोली लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा रहेका छन् । टोली खराब प्रदर्शन गर्दै पहिलो चरणबाटै बाहिरिएपछि व्यक्तिगत रुपमा नेपाली राष्ट्रिय टोलीका कप्तानसमेत रहेका रोहितको प्रदर्शन भने उच्च रह्यो । उनले सात खेलमा २७९ रन […]

Dec 16, 2024 - 07:27
 0
लिग चरण सकिँदा रोहित सबैभन्दा बढी रन बनाउने खेलाडी, विकेट लिनेमा कुगेलेइन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लिग चरणका खेल सकिँदा अंक तालिकाको पुछारमा रहेको टोली लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा रहेका छन् ।

टोली खराब प्रदर्शन गर्दै पहिलो चरणबाटै बाहिरिएपछि व्यक्तिगत रुपमा नेपाली राष्ट्रिय टोलीका कप्तानसमेत रहेका रोहितको प्रदर्शन भने उच्च रह्यो ।

उनले सात खेलमा २७९ रन बनाएका छन् । उनले सबैभन्दा बढी पोखरा एभेन्जर्सविरुद्ध बनाएको ९५ रन सर्वाधिक हो ।

यस्तै दोस्रो स्थानमा चितवन राइनोजका इंग्लिस खेलाडी रवि बोपारा छन् । उनले २३३ रन बनाएका छन् ।

सूचीको तेस्रो नम्बरमा पोखराका एन्ड्रिस गोउस छन् । अमेरिकी यी खेलाडीले २२४ रन जोडेका छन् ।

यसैगरी चौथो नम्बरमा चितवनका कप्तान कुशल मल्ल छन् । उनले २०२ रन बनाएका छन् ।

सूचीको पाँचौं नम्बरमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी छन् । उनले हालसम्म १९८ रन जोडेका छन् ।

रोहित बाहेक चारैजना खेलाडीका टोली प्लेअफमा पुगिसकेका छन् । यसर्थ उनीहरूसँग रोहितलाई उछिन्दै शीर्ष स्थानमा पुग्ने अवसर अझै बाँकी छ ।

त्यस्तै सर्वाधिक विकेट लिनेको सूचीमा सुदूरपश्चिमका स्कट कुगेलेइन अगाडि छन् । न्युजील्यान्डका यी खेलाडीले १५ विकेट लिएका छन् ।

दोस्रो स्थानमा जनकपुर बोल्ट्सका ललित राजबंशी छन् । उनले १३ विकेट लिएका छन् ।

सूचीको तेस्रो स्थानमा चितवनका रिजन ढकाल छन् । उनले पनि १३ विकेट लिएका छन् । तर उनी ललितभन्दा इकोनमीमा पछि पर्दै तेस्रो स्थानमा छन् ।

यस्तै सूचीको चौथो स्थानमा चितवनकै सोहिल तानबिर छन् । पाकिस्तानका टी–२० विश्वकप विजेता यी खेलाडीले १२ विकेट लिएका छन् ।

यसैगरी पाँचौ स्थानमा काठमान्डु गुर्खाजका कप्तान करण केसी छन् । उनले पनि १२ विकेट लिएका छन् । यद्यपि करण इकोनमीका आधारमा तानबिरभन्दा पछि छन् ।

सर्वाधिक विकेट लिने शीर्ष पाँचको सूचीमा भने नेपाली खेलाडीको वर्चश्व देखिएको छ । पाँचमध्ये तीन खेलाडी नेपाली छन् ।

करणको टोली काठमान्डु प्रतियोगिताबाट बाहिइसकेकाले उनलाई अब अन्य खेलाडीले जित्ने सम्भावना छ ।

मंसिर १५ देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी एनपीएलमा सोमबारदेखि समूह चरणका सबै खेल सकिएका छन् ।

सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्स प्लेअफमा पुगेका छन् । बुधबारदेखि प्लेअफका खेल सुरु हुनेछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register