नेपालमा डिजिटल सेफ्टी जागरूकताका लागि टिकटकले गर्यो सेफ्टी एम्बेसडरहरूसँग कार्यक्रम

काठमाडौँ । कन्टेन्ट क्रिएटरहरूसँग सेफ्टी एम्बेसडर कार्यक्रम अन्तर्गत नेपालमा डिजिटल सुरक्षाबारेमा चेतना जगाउन टिकटकले कार्यक्रमको आयोजना गरेको छ । शनिबार काठमाडौंमा एक कार्यक्रम गर्दै टिकटकले सेफर टुगेदर अभियान सञ्चालन अन्तर्गत आफ्ना प्रयोगकर्ता र प्लेटफर्म दुवैको सुरक्षामा जोड दिएर के गर्न सकिन्छ र के गर्नुपर्छ भन्ने विषयमा केन्द्रित सामूहिक छलफल गरेको छ । कार्यक्रममा ओशिन सिटौला, […]

Dec 16, 2024 - 10:19
 0
नेपालमा डिजिटल सेफ्टी जागरूकताका लागि टिकटकले गर्यो सेफ्टी एम्बेसडरहरूसँग कार्यक्रम

काठमाडौँ । कन्टेन्ट क्रिएटरहरूसँग सेफ्टी एम्बेसडर कार्यक्रम अन्तर्गत नेपालमा डिजिटल सुरक्षाबारेमा चेतना जगाउन टिकटकले कार्यक्रमको आयोजना गरेको छ ।

शनिबार काठमाडौंमा एक कार्यक्रम गर्दै टिकटकले सेफर टुगेदर अभियान सञ्चालन अन्तर्गत आफ्ना प्रयोगकर्ता र प्लेटफर्म दुवैको सुरक्षामा जोड दिएर के गर्न सकिन्छ र के गर्नुपर्छ भन्ने विषयमा केन्द्रित सामूहिक छलफल गरेको छ ।

कार्यक्रममा ओशिन सिटौला, पराक्रम राणा, मञ्जिता मानन्धर (माई डार्लिंग फुड), सुशान्त प्रधान, राष्ट्र विमोचन तिमल्सेना र श्री पाण्डेलगायत नेपालका चर्चित कन्टेन्ट क्रियटर सहितको प्यानल छलफल भएको थियो ।

नेपालका क्रियटर कम्युनिटी र पत्रकारहरू सम्मिलित फुल-हाउस दर्शकहरूलाई सम्बोधन गर्दै प्यानलका सदस्यहरूले इन्टरनेटको जिम्मेवार प्रयोग र सुरक्षित सामग्री निर्माणको वकालत गर्दै गलत सूचना, उत्पीडन, साइबर बुलिङ, अनलाइन ठगीहरू लगायतका डिजिटल सुरक्षाका विभिन्न पक्षहरूबारे छलफल गरेका थिए ।

उक्त अवसरमा आकर्षक कन्टेन्ट सिर्जना गरेर कसरी राम्रो कन्टेन्ट क्रियटर बन्न सकिन्छ भन्नेबारे कार्यक्रमका अतिथिहरूलाई सुझाव र दिशानिर्देशहरू पनि दिइएको थियो । प्रश्न-उत्तर सत्रको क्रममा दर्शकहरूले क्रियटरहरूसँग अन्तरक्रिया गरेर कन्टेन्ट निर्माणका विभिन्न चुनौतीहरूमा रोमाञ्चक अन्तर्दृष्टि पनि प्राप्त गरेका छन् ।

यो अभियान टिकटकको जीवन्त र विविधतायुक्त कम्युनिटीहरूका लागि सुरक्षित र स्वागतयोग्य प्लेटफर्म निर्माण गर्ने लक्ष्यको एक हिस्सा भएको बताईएको छ । #Safertogether पहल मार्फत् टिकटक प्रयोगकर्ताहरूले प्लेटफर्ममा उपलब्ध विभिन्न इन-एप सुरक्षा सुविधाहरूको फाइदा कसरी लिन सक्छन् भन्ने बारे जागरूकता सिर्जना गर्ने लक्ष्य राखेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register