निकिता पौडेल भन्छिन् – ४ करोडमा किनेको घरको किस्ता आजसम्म तिर्दै छु

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेकी पत्नि निकिता पौडेलले आफूमाथि केही मिडियाले देखाएको ‘पुरुषार्थ’ देखाएको गुनासो गरेकी छन् । आफ्नो बैङ्क खाताबारे अफवाह फैलाउँदै मिडियाले देखाएको ‘पुरुषार्थ’ अगाडि समाजसमेत मुकदर्शक बनेको उनी बताउँछिन् । उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘खाता मेरो हो । यति-उति पैसा छ भनेर आआफैं अनुमान लगाउनुभन्दा सोधेको भए बताइदिन्थे नि ! […]

Dec 17, 2024 - 06:51
 0
निकिता पौडेल भन्छिन् – ४ करोडमा किनेको घरको किस्ता आजसम्म तिर्दै छु

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेकी पत्नि निकिता पौडेलले आफूमाथि केही मिडियाले देखाएको ‘पुरुषार्थ’ देखाएको गुनासो गरेकी छन् ।

आफ्नो बैङ्क खाताबारे अफवाह फैलाउँदै मिडियाले देखाएको ‘पुरुषार्थ’ अगाडि समाजसमेत मुकदर्शक बनेको उनी बताउँछिन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘खाता मेरो हो । यति-उति पैसा छ भनेर आआफैं अनुमान लगाउनुभन्दा सोधेको भए बताइदिन्थे नि ! श्रीमान् हिरासतमा भएको बेला ममाथि केही मिडियाले देखाएको ‘पुरुषार्थ’ अगाडि समाज मुकदर्शक बनेकोमा झनै आश्चर्यमा छु ।

अनुसन्धानमा रहेको विषयमा ‘मिडिया ट्रायल’ भइरहेको पौडेलले बताइन् । उनले ४ करोडमा किनेको घरको किस्ता आजसम्म तिर्दै आएको बताएकी छन् ।

उनले थप लेखेकी छन्, ‘आज बिहानै बुवाले फोनमा हाँस्दै सोध्नुभयो, तिमीसँग त त्यत्रो पैसा रहेछ, कुनै मिडियाले १५ करोड, कुनैले २५ त, कसैले ५० करोड । तिमीसँग छ चाहिँ कति ? अलिकति मलाई पनि देऊ न । मैले पनि हाँस्दै भने, त्यत्रो पैसा भएरै त होला ४ करोडमा किनेको घरको किस्ता आजसम्म तिर्दै छु ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register