सेयर बजारमा झिनो सुधार, जानकी फाइनान्समा झुम्मिए लगानीकर्ता 

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा झिनो सुधार आएको छ । आज नेप्से परिसूचक २ दशमलव ९५ अंकले बढेर २६३३ दशमलव ८७ को विन्दुमा पुगेको छ । मंगलबार ३१८ कम्पनीका ५३ हजार ९५७ पटकको कारोबारमा ८९ लाख ३९ हजार ३४८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ४ अर्ब  […]

Dec 17, 2024 - 09:43
 0
सेयर बजारमा झिनो सुधार, जानकी फाइनान्समा झुम्मिए लगानीकर्ता 
काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा झिनो सुधार आएको छ । आज नेप्से परिसूचक २ दशमलव ९५ अंकले बढेर २६३३ दशमलव ८७ को विन्दुमा पुगेको छ ।
मंगलबार ३१८ कम्पनीका ५३ हजार ९५७ पटकको कारोबारमा ८९ लाख ३९ हजार ३४८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ४ अर्ब  ३४ करोड ३२ लाख ३४ हजार ७ सय ४० रुपैयाँ रहेको छ ।
११७ कम्पनीको सेयर मूल्य बढ्दा ११७ कम्पनीको घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रहेको छ । आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स ० दशमलव ३७ अंकले बढ्दा फ्लोट इन्डेक्स ० दशमलव १८ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव १५ अंकले बढेको छ ।
१३ उपसमूहमध्ये पाँच उपसमूह घट्दा बाँकीमा हरियाली छाएको छ । आज सुपर माइक्रोफाइनान्सका लगानीकर्ताले दश प्रतिशतका दरले कमाएका छन् भने जानकी फाइनान्सको कारोबार सर्वाधिक भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register