प्रसाईंले बैंकविरुद्ध हालेको रिट खारेज, बैंकहरुलाई ऋण असुलीको बाटो खुल्यो, नतिरे धितो लिलाम गर्ने तयारी !

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंकविरुद्ध हालेको रिट अदालतले खारेज गरेको छ । उच्च अदालत विराटनगर, इलाम इजलासले प्रसाईंले बैंकविरुद्ध दायर गरेको रिट एकैदिन खारेज गरेका हुन् । मंगलबार मुख्य न्यायाधीश विपुल न्यौपाने र न्यायाधीश काजीबहादुर राईले इजलासले प्रसाईंको पक्षबाट टीकाराम अधिकारीले दायर गरेको रिट खारेज गरिदिएको हो । योसँगै अब बैंकहरुलाई प्रसाईंसँग ऋण […]

Dec 18, 2024 - 08:31
 0
प्रसाईंले बैंकविरुद्ध हालेको रिट खारेज, बैंकहरुलाई ऋण असुलीको बाटो खुल्यो, नतिरे धितो लिलाम गर्ने तयारी !

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंकविरुद्ध हालेको रिट अदालतले खारेज गरेको छ । उच्च अदालत विराटनगर, इलाम इजलासले प्रसाईंले बैंकविरुद्ध दायर गरेको रिट एकैदिन खारेज गरेका हुन् ।

मंगलबार मुख्य न्यायाधीश विपुल न्यौपाने र न्यायाधीश काजीबहादुर राईले इजलासले प्रसाईंको पक्षबाट टीकाराम अधिकारीले दायर गरेको रिट खारेज गरिदिएको हो । योसँगै अब बैंकहरुलाई प्रसाईंसँग ऋण असुली गर्ने बाटो खुला भएको छ ।

प्रसाईंले पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनका लागि चार बैंकबाट ऋण लिएका थिए । तर, बैंकहरुले ऋण तिर्न ताकेता गर्न थालेपछि प्रसाईं ऋण असुली रोक्नुपर्ने आदेश माग गर्दै अदातल पुगेका थिए ।

अदालतले रिट खारेज गरेसँगै अब बैंकहरुले प्रसाईंलाई दिएको ऋण असुली प्रक्रिया अघि बढाउने तयारी गरेका छन् । प्रसाईंले ऋण नतिरे धितो लिलाम गरेर भए पनि बैंकहरुले ऋण असुल गर्न सक्नेछन् । चार बैंकमा प्रसाईंको नाममा २ अर्बभन्दा बढी ऋण छ ।

हाल प्रसाईं प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को हिरासतमा छन् । उनीविरुद्ध सीआईबीले आपराधिक लाभ, सम्पत्ति शुद्धीकरण, संगठित अपराधको कसुरमा अनुसन्धान गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register