व्यापारीलाई धम्की दिएको आरोपमा हिरासत रहेका दुर्गा प्रसाईंलाई उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । आपराधिक लाभ सम्बन्धि कसुरमा आरोपमा अनुसन्धानका लागि हिरासतमा रहेका ‘भाइरल म्यान’ दुर्गा प्रसाईंलाई उपस्थित गराउन सर्वोच्च अदालतले आदेश जारी गरेको छ । प्रसाईंका छोरा निराजनले दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले यस्तो आदेश दिएको हो । प्रसाईंका छोरा निराजनले आफ्ना बाबुलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै […]

Dec 18, 2024 - 10:43
 0
व्यापारीलाई धम्की दिएको आरोपमा हिरासत रहेका दुर्गा प्रसाईंलाई उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । आपराधिक लाभ सम्बन्धि कसुरमा आरोपमा अनुसन्धानका लागि हिरासतमा रहेका ‘भाइरल म्यान’ दुर्गा प्रसाईंलाई उपस्थित गराउन सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।

प्रसाईंका छोरा निराजनले दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले यस्तो आदेश दिएको हो ।

प्रसाईंका छोरा निराजनले आफ्ना बाबुलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै मंगलबार बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए ।

सो रिट निवेदनमाथि बुधबार सुनुवाइ भएको हो । कारण देखाऊ आदेश जारी गर्दै पोखरेलको इजलासले बन्दीसहित उपस्थित हुन भनेको छ ।

यसअघि पनि यसैगरी दर्ता भएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सर्वोच्च अदालतले प्रसाईंलाई कानुनसम्मत रूपमा थुनामा राखेको ठहर गर्दै निवेदन खारेज गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register