जर्मनीबाट सिधै भारत गइन् परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा (देउवा) जर्मनीको राजधानी बर्लिनबाट सिधै भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेकी छिन् । दिल्लीमा रहँदा उनले भारतीय विदेशमन्त्री एस जयशंकरलगायत उच्च स्तरीय नेताहरूसँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ताको कोसिस गर्ने जनाइएको छ । परराष्ट्रमन्त्री राणाले बेल्जियम, नेदरल्यान्ड्स र लक्जेम्बर्गको […]

Dec 19, 2024 - 00:31
 0
जर्मनीबाट सिधै भारत गइन् परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा (देउवा) जर्मनीको राजधानी बर्लिनबाट सिधै भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेकी छिन् ।

दिल्लीमा रहँदा उनले भारतीय विदेशमन्त्री एस जयशंकरलगायत उच्च स्तरीय नेताहरूसँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ताको कोसिस गर्ने जनाइएको छ ।

परराष्ट्रमन्त्री राणाले बेल्जियम, नेदरल्यान्ड्स र लक्जेम्बर्गको भ्रमणपश्चात जर्मनीको भ्रमण गरेकी थिइन् । जर्मनीमा रहँदा उनले यौनिक र लैङ्गिक अल्पसङ्ख्यकहरूको अधिकारसम्बन्धी सम्मेलन–२०२४ मा सहभागिता जनाएकी थिइन् ।

परराष्ट्रमन्त्री राणाले लैङ्गिक अल्पसङ्ख्ययकहरूले विश्वभर सामना गर्नुपरेको हिंसा, उत्पीडन र प्रणालीगत असमानताका चुनौतीहरूबारे चर्चा गरेकी थिइन् । साथै, उनले नीतिमा आधारभूत रूपान्तरणको आवश्यकता औँल्याउँदै, नारीवादी परराष्ट्र नीतिले दीर्घकालीन परिवर्तन गर्न सक्ने सम्भावनाका विषयमा चर्चा गरिन् ।

युरोपबाट सिधै भारत जाँदै परराष्ट्रमन्त्री राणा, विदेशमन्त्री जयशंकरलाई भेट्ने तय

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register