७ दिनभित्र संसदीय समितिको सभापति चयन गर्न सभामुखको आग्रह

May 29, 2023 - 08:49
 0
७ दिनभित्र संसदीय समितिको सभापति चयन गर्न सभामुखको आग्रह
७ दिनभित्र संसदीय समितिको सभापति चयन गर्न सभामुखको आग्रह

काठमाडौं । सभामुख देवराज घिमिरेले एक हप्ताभित्र सहमतिमा संसदीय समितिका सभापतिहरु चयन गर्न प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुलाई आग्रह गर्नुभएको छ ।

सोमबार प्रतिनिधिसभाको बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठकमा उहाँले संसदीय समितिको नेतृत्व चयन नहुँदा कामले गति लिन नसकेको भन्दै दलहरुलाई सभापति चयन गर्न आग्रह गर्नुभएको हो।

सभामुखले भन्नुभयो, ‘संसदीय समितिहरुको नेतृत्व चयन नहुँदा कामले गति लिएको छैन। ज्येष्ठ सदस्यले समितिको नेतृत्व गरिरहनुभएको छ। उपसमिति पनि ज्येष्ठ सदस्यले नै नेतृत्व गर्नुभएको छ। सभापति चयन नहुँदा विधेयकहरुको छलफलले गति लिएको छैन। तपाईंहरुले आजको मितिबाट सात दिनभित्रमा सहमतिमा सभापति चयन गर्नुहोस् । अथवा, सात दिनपछि प्रक्रिया (निर्वाचन)बाट नेतृत्व चयन गर्न मलाई सहयोग गर्नुहोस् ।’

४ मंसिरको चुनाव भएपछि प्रतिनिधिसभाको पहिलो बैठक २५ पुसमा बसेको थियो । त्यसपछि १५ वैशाखमा प्रतिनिधिसभाको १० वटा विषयगत समिति गठन भएका थिए भने २ जेठमा पहिलो बैठक बसेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1