सुर्खेतमा निसास्सिएर आमाछोराको मृत्यु, छोरीको उपचार हुँदै

सुर्खेत । वीरेन्द्रनगरमा आगोमा निस्सासिएर आमाछोराको मृत्यु भएको छ । बुधबार राति वीरेन्द्रनगर–४ भैरवस्थानस्थित समावेशी टोलमा घरभित्र सुतिरहेका ३० वर्षीया देविसरा थापा र उनका ६ वर्षीया छोरा रियान थापाको मृत्यु भएको हो । बुधबार राति चिसोबाट बच्नका लागि बालेको आगोले निस्सासिएर आमा–छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक डीएसपी वीरेन्द्रनर […]

Dec 19, 2024 - 11:08
 0
सुर्खेतमा निसास्सिएर आमाछोराको मृत्यु, छोरीको उपचार हुँदै

सुर्खेत । वीरेन्द्रनगरमा आगोमा निस्सासिएर आमाछोराको मृत्यु भएको छ ।

बुधबार राति वीरेन्द्रनगर–४ भैरवस्थानस्थित समावेशी टोलमा घरभित्र सुतिरहेका ३० वर्षीया देविसरा थापा र उनका ६ वर्षीया छोरा रियान थापाको मृत्यु भएको हो ।

बुधबार राति चिसोबाट बच्नका लागि बालेको आगोले निस्सासिएर आमा–छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक डीएसपी वीरेन्द्रनर वीर विश्वकर्माले बताए ।

घाइते भएकी ९ वर्षीया छोरी रिया थापाको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।

घटना बुधबार रातिको भएपनि बिहीबार बिहान साढे ९ बजे मात्र खबर प्राप्त भएको प्रवक्ता विश्वकर्माले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register