जीप दुर्घटनामा परी दुई जनाको मृत्यु

दोलखा, २४ जेठ । दोलखाको गौरीशंकर गाउँपालिका–४ झ्याकुको बासामा शुक्रबार बेलुका बोलेरो जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। सिंगटीबाट झ्याकु देपुङ जाँदै गरेको बा १६ च ७६५१ नम्बरको बोलेरो जीप उकालो कच्ची सडकमा ब्रेक फेल भएर दुर्घटना भएको दोलखा प्रहरी प्रमुख डिएसपी ज्ञानकुमार महतोले जानकारी दिनु भयो। दुर्घटनामा झ्याकु देपुङकी ४५ वर्षीया फुलमाया [...] The post जीप दुर्घटनामा परी दुई जनाको मृत्यु appeared first on Jhapa Online.

Jun 7, 2025 - 06:27
 0
जीप दुर्घटनामा परी दुई जनाको मृत्यु

दोलखा, २४ जेठ । दोलखाको गौरीशंकर गाउँपालिका–४ झ्याकुको बासामा शुक्रबार बेलुका बोलेरो जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।

सिंगटीबाट झ्याकु देपुङ जाँदै गरेको बा १६ च ७६५१ नम्बरको बोलेरो जीप उकालो कच्ची सडकमा ब्रेक फेल भएर दुर्घटना भएको दोलखा प्रहरी प्रमुख डिएसपी ज्ञानकुमार महतोले जानकारी दिनु भयो। दुर्घटनामा झ्याकु देपुङकी ४५ वर्षीया फुलमाया शेर्पा र ३४ वर्षीया डोल्मा शेर्पाको ज्यान गएको हो।

प्रहरीका अनुसार जीप चालक देपुङकै स्थानीय निमा टिकु शेर्पा दुर्घटनापछि फरार छन्, र उनको खोजी भइरहेको छ।

The post जीप दुर्घटनामा परी दुई जनाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register