सिटिजन्स बैंकबाट ह्याकरले चोरे ३ करोड बढी रकम, तपाइँको पैसा सुरक्षित छ ?

काठमाडौँ । सिटिजन्स बैंकबाट ग्राहकको करोडौँ रकम हराएको पाइएको छ । बैंकमा खाता रहेको एफवान सफ्टको खाताबाट ३ करोड बढी रकम हराएको पाइएको हो । इसेवा र फोनपेजस्ता डिजिटल वालेट तथा डिजिटल भुक्तानी सञ्चालन गर्ने एफवान सफ्टको खाताबाट ३ करोड ४२ लाख रुपैयाँ हराएको भन्दै कम्पनीले प्रहरीमा जाहेरी दिएपछि उक्त घटना बाहिरिएको हो । कम्पनीले […]

Dec 20, 2024 - 08:20
 0
सिटिजन्स बैंकबाट ह्याकरले चोरे ३ करोड बढी रकम, तपाइँको पैसा सुरक्षित छ ?

काठमाडौँ । सिटिजन्स बैंकबाट ग्राहकको करोडौँ रकम हराएको पाइएको छ । बैंकमा खाता रहेको एफवान सफ्टको खाताबाट ३ करोड बढी रकम हराएको पाइएको हो ।

इसेवा र फोनपेजस्ता डिजिटल वालेट तथा डिजिटल भुक्तानी सञ्चालन गर्ने एफवान सफ्टको खाताबाट ३ करोड ४२ लाख रुपैयाँ हराएको भन्दै कम्पनीले प्रहरीमा जाहेरी दिएपछि उक्त घटना बाहिरिएको हो ।

कम्पनीले दिएको जाहेरीका आधारमा हाल उक्त प्रकरणबारे प्रहरीको साइबर ब्युरोले अनुसन्धान अघि बढाएको छ । प्रहरी स्रोतका अनुसार कम्पनीले सिटिजन्स बैंकमा रहेको खाताबाट अनधिकृत रुपमा करोडौँ रुपैयाँ हराएको र रकम हराएको विषयमा आफूहरुलाई जानकारीसम्म नभएको जाहेरीमा उल्लेख गरेको छ ।

प्रहरीका अनुसार कम्पनीको खाताबाट अनलाइन बैंकिङ ह्याक गरेर नेपालमै रहेका विभिन्न व्यक्तिहरुको खातामा ट्रान्सफर गरिएको देखिन्छ । केहीको भने टिकटबापतको रकमसमेत भुक्तानी गरेको देखिएको छ ।

अर्कोतर्फ वैदेशिक रोजगारीमा रहेकाहरुसँग हुण्डीको कारोबार मिलाउन नेपाली खातामा पैसा हालिएको देखिएको छ । यसले बैंकिङ प्रणाली नै ह्याक गरेर भएको उक्त चोरीमा विदेशी गिरोह सक्रिय रहेको प्रहरीले आशंका गरेको छ । हाल सोही विषयलाई आधार मानेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बैंक खाता कसरी ह्याक भयो ? भन्ने विषय अहिलेसम्म पनि पत्ता नलागेको प्रहरी स्रोतले बताएको छ ।

बैंकमा रहेको खाताबाटै एफवान सफ्टको करिब साँढे तीन करोड रुपैयाँ ह्याकरले चोरेको पाइएपछि सिटिजन्स बैंकमा अन्य जनताको निक्षेप पनि जोखिममा रहेको पाइएको छ । उक्त विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register