नेपालले दियो बङ्गलादेशलाई ५५ रनको लक्ष्य, सावित्रीबाहेकले दोहोरो रन बनाउन सकेनन्

काठमाडौं । महिला यू–१९ एसिया कपको ‘सुपर–४’मा नेपालले बङ्गलादेशलाई ५५ रनको लक्ष्य दिएको छ । वर्षाका कारण ११ ओभरमा छोट्याइएको खेलमा नेपालले ८ विकेटको क्षतिमा ५४ रन बनाएको हो । नेपालका लागि सावित्री धामीले ११, कप्तान पूजा महतोले ९, ओपनर सना प्रविन ४ रन जोडे । अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् । नेपालका तीन […]

Dec 20, 2024 - 08:47
 0
नेपालले दियो बङ्गलादेशलाई ५५ रनको लक्ष्य, सावित्रीबाहेकले दोहोरो रन बनाउन सकेनन्

काठमाडौं । महिला यू–१९ एसिया कपको ‘सुपर–४’मा नेपालले बङ्गलादेशलाई ५५ रनको लक्ष्य दिएको छ ।

वर्षाका कारण ११ ओभरमा छोट्याइएको खेलमा नेपालले ८ विकेटको क्षतिमा ५४ रन बनाएको हो ।

नेपालका लागि सावित्री धामीले ११, कप्तान पूजा महतोले ९, ओपनर सना प्रविन ४ रन जोडे । अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् ।

नेपालका तीन खेलाडी रनआउट भएका छन् । जसमा सना, सावित्री र सोनी पाख्रिन छन् ।

आजको खेलमा नेपालले जित हासिल गर्न सके अङ्कतालिकामा दोस्रो हुँदै फाइनलको यात्रा तय गर्नेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register