सेवाग्राहीको काम ढिलो गरेको भन्दै पालिका अध्यक्षले तोडफोड गरे सीडीओ कार्यालय (भिडिओ)

आफ्नो पालिकाबाट आएका सेवाग्राहीले तीनचार दिनसम्म पनि सेवा नपाएर सदरमुकाममै बस्नु परेको गुनासो आएपछि पालिकाअध्यक्ष थापामगर प्रशासन कार्यालय पुगेका थिए । कर्मचारीसँग गुनासो राख्दा चित्त बझ्दो जवाफ नपाएको भन्दै उनले स्क्यानर मेसिन फोडे ।

Dec 20, 2024 - 08:50
 0
सेवाग्राहीको काम ढिलो गरेको भन्दै पालिका अध्यक्षले तोडफोड गरे सीडीओ कार्यालय (भिडिओ)

काठमाडौं । गुल्मीको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापामगरले आफ्नो पालिकाका सेवाग्राहीको काममा अलमल र ढिलासुस्ती गरेको भन्दै जिल्ला प्रशासन कार्यालय (सीडीओ कार्यालय) तोडफोड गरेका छन् ।

राहदानी बनाउने काममा ढिलाइ गरेको आरोप लगाउँदै पालिका अध्यक्ष थापामगरले राहदानीको स्क्यानर मेसिन फुटाएका हुन् ।

आफूले स्क्यानर मेसिन तोडफोड गरेको स्वीकार्दै थापामगरले पालिकाका सेवाग्राहीले तीनचारदिनसम्म पनि सेवा नपाएपछि आवेगमा त्यसो गरेका प्रतिक्रिया दिए ।

कालीगण्डकी गाउँपालिका सदरमुकामबाट टाढा पर्छ । आफ्नो पालिकाबाट आएका सेवाग्राहीले तीनचार दिनसम्म पनि सेवा नपाएर सदरमुकाममै बस्नु परेको गुनासो आएपछि पालिका अध्यक्ष थापामगर बिहीबार प्रशासन कार्यालयको राहदानी शाखा पुगेका थिए ।

शाखाका कर्मचारीसँग गुनासो राख्दा चित्त बझ्दो जवाफ नपाएको भन्दै उनले स्क्यानर मेसिन फोडेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

अध्यक्ष थापामगरले भने टाढाबाट आएका नागरिकलाई सेवा दिन आग्रह गर्दा कर्मचारीले अस्वीकार गरेपछि सामग्री फुटाएको बताए ।

स्क्यानर फुटेपछि अहिले राहदानीसम्बन्धी सेवा नै ठप्प भएको छ । तोडफोडपछि अध्यक्ष मगरलाई प्रहरीले केहीबेर नियन्त्रणमा लिएको थियो । तर उनी हिजै साँझ छुटेका छन् ।

लिखित आत्मालोचनासहित क्षतिपूर्ति दिने सहमतिपछि उनलाई छोडिएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए ।

टोकन प्रणालीमा राहदानी वितरण व्यवस्थित भए पनि गाउँपालिका अध्यक्षले आवेगमा तोडफोड गरेको उनको भनाइ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register