रवि लामिछानेमाथि २७ करोडको सम्पत्ति शुद्धीकरणको अभियोग, तीन मुद्दामा १० वर्ष जेल सजाय माग

रवि लामिछानेका हकमा सहकारी ठगीमा ४ देखि ६ वर्षसम्म कैद, सङ्गठित अपराधमा थप ५० प्रतिशत सजाय र सम्पत्ति शुद्धीकरणमा २ देखि १५ वर्ष कैद र बिगोको दोब्बर जरिवाना लगाउनुपर्ने राय प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

Dec 22, 2024 - 10:44
 0
रवि लामिछानेमाथि २७ करोडको सम्पत्ति शुद्धीकरणको अभियोग, तीन मुद्दामा १० वर्ष जेल सजाय माग

काठमाडौं । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेमाथि २७ करोड १९ लाखको सम्पत्ति शुद्धीकरणको अभियोग दर्ता भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सो रकम लामिछानेले गैरकानुनी रूपमा आर्जन गरेको आरोपमा आइतबार कास्की जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको हो ।

अभियोग पत्रमा देवानी दायित्वअन्तर्गत लामिछानेपत्नी निकिता पौडेलको समेत सम्पत्ति जफत गर्न माग गरिएको छ ।

रवि लामिछानेका हकमा सहकारी ठगीमा ४ देखि ६ वर्षसम्म कैद, सङ्गठित अपराधमा थप ५० प्रतिशत सजाय र सम्पत्ति शुद्धीकरणमा २ देखि १५ वर्ष कैद र बिगोको दोब्बर जरिवाना लगाउनुपर्ने राय प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख  छ। सबै गरी जेल सजाय मात्र करिब १० वर्ष बढी माग गरिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीकी सहायक जिल्ला न्यायाधीवक्ता एवं सूचना अधिकारी शान्तिदेवी शर्माले आइतबार ३१ जनालाई प्रतिवादी, आठ वटा कम्पनी र पाँच व्यक्तिविरुद्ध सम्पत्ति जफतको मागसहित कुल ४४ जनाविरुद्ध पूरक अभियोग पत्र दर्ता गरेको हो ।

रविविरुद्ध तीनवटा अभियोगसहित अदालतमा मुद्दा दर्ता

यसअघिका १९ जना गरी अदालतमा अभियोग दर्ता हुनेको सङ्ख्या ६३ पुगेको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रविविरुद्ध सम्पत्ति शुद्धीकरणसहित अरू २ वटा कसुरमा मुद्दा दर्ता भएको छ ।

लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरूङविरूद्ध पनि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको हो । ५ जनाको सम्पत्ति जफत गर्नुपर्ने सरकारी वकिलको कार्यालयको राय छ ।

जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ठगीमा गत वर्ष मुद्दा दायर भएका १९ जनाविरुद्ध कसुर र बिगो थप गर्दै पूरक अभियोग पत्र शुक्रबार नै अदालतमा दर्ता गरिसकेको छ ।

सहकारी ठगीका मुख्य योजनाकार जीवी राईलाई सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरण र राष्ट्र बैंक ऐन विरूद्धको कसूरमा मुद्दा चलाइएको छ ।

सहकारी ठगी प्रकरणमा रविपत्नी निकिता पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register