दिल्ली विधानसभा निर्वाचन : ६९९ उम्मेदवारलाई डेढ करोडभन्दा बढी मतदाताले मतदान गर्दै

काठमाडौं । भारतमा दिल्ली विधानसभा निर्वाचन २०२५ को मतदान सुरु भएको छ । दिल्ली विधानसभा चुनावमा ७० विधानसभा सिटका लागि स्थानीय समयअनुसार बुधबार बिहान ७ बजेदेखि मतदान भइरहेको हो । मतदान साँझ ६ बजेसम्म हुनेछ । निर्वाचनको नतिजा फेब्रुअरी ८ मा घोषणा गरिनेछ । यस निर्वाचनमा लगभग १.५६ करोड मतदाताले मतदान गर्नेछन् । दिल्लीको निर्वाचनमा […]

Feb 5, 2025 - 02:24
 0
दिल्ली विधानसभा निर्वाचन : ६९९ उम्मेदवारलाई डेढ करोडभन्दा बढी मतदाताले मतदान गर्दै

काठमाडौं । भारतमा दिल्ली विधानसभा निर्वाचन २०२५ को मतदान सुरु भएको छ । दिल्ली विधानसभा चुनावमा ७० विधानसभा सिटका लागि स्थानीय समयअनुसार बुधबार बिहान ७ बजेदेखि मतदान भइरहेको हो । मतदान साँझ ६ बजेसम्म हुनेछ ।

निर्वाचनको नतिजा फेब्रुअरी ८ मा घोषणा गरिनेछ । यस निर्वाचनमा लगभग १.५६ करोड मतदाताले मतदान गर्नेछन् । दिल्लीको निर्वाचनमा ६९९ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

दिल्ली चुनावको मतदानलाई ध्यानमा राख्दै बुधबार दिल्ली र हरियाणामा सार्वजनिक बिदा घोषणा गरिएको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ ।

आम आदमी पार्टीले दिल्लीमा सन् २०१५ र २०२० को विधानसभा चुनावमा बहुमत हासिल गरेको थियो । २०१५ मा सो दलले ७० मध्ये ६७ तथा २०२० मा ६२ सिट जितेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register