व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी

काठमाडौँ । सुनसरी सदरमुकाम इनरुवा-५ का रमेश कटुवालले ६ बिघामा व्यावसायिक माछापालन गर्नका लागि पोखरी निर्माण गरे । जग्गा भाडामा लिएर उनले आफूसहित दुईजनाको साझेदारीमा रु ३१ लाख लगानी ६ बिघा क्षेत्रफलमा पोखरी बनाएका हुन् । पोखरीमा बिगेट, रेहु, नैनी, कोमन, पंगास (बैखी) जातको माछा पालिएका छन् । उनले भने, ‘वार्षिकरुपमा रु ११ लाखसम्म आम्दानी […]

Dec 23, 2024 - 02:50
 0
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी

काठमाडौँ । सुनसरी सदरमुकाम इनरुवा-५ का रमेश कटुवालले ६ बिघामा व्यावसायिक माछापालन गर्नका लागि पोखरी निर्माण गरे । जग्गा भाडामा लिएर उनले आफूसहित दुईजनाको साझेदारीमा रु ३१ लाख लगानी ६ बिघा क्षेत्रफलमा पोखरी बनाएका हुन् ।

पोखरीमा बिगेट, रेहु, नैनी, कोमन, पंगास (बैखी) जातको माछा पालिएका छन् । उनले भने, ‘वार्षिकरुपमा रु ११ लाखसम्म आम्दानी भएको छ ।’ पोखरीबाट वार्षिकरुपमा बिगेट, रेहु, नैनी, कोमन प्रजातिको ५० क्विन्टल माछा उत्पादन भएको छ भने पंगास(बैखी) जातको एक सय क्विन्टल उत्पादन भएको उनले बताए । पछिल्लो समय व्यवसायी कटुवालले परम्परागतसँगै नयाँ प्रजातिका माछा उत्पादन गर्दै आएका छन् ।

जिल्लाका विभिन्न स्थानमा पंगास अर्थात् बैखी माछापालनमा आकर्षण देखिएको छ  । किसानले यसको व्यावसायिक उत्पादन सुरु गरेको उनको भनाइ छ । कम क्षेत्रफलमा थोरै लगानीले यो जातको माछा बढी उत्पादन हुने भएकाले यो माछापालनतर्फ स्थानीय किसानको आकर्षण बढी रहेको उनको भनाई छ ।

सबै उमेर समूहका मानिसले यसको स्वाद मन पराउन थालेपछि पंगास माछापालनलाई व्यावसायिक रूपमा गर्दै आएको उनले जानकारी दिएका छन् । परम्परागत माछाभन्दा पंगासको उत्पादन र उत्पादकत्व क्षमता बढी रहेको उनले बताए । पंगास माछापालनको क्षेत्रफल वार्षिकरुपमा बढ्दै गएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र इनरुवाले जनाएको छ । सुनसरीमा पाँच सय ८२ हेक्टर क्षेत्रफलमा व्यावसायिक माछापालन हुँदै आएको केन्द्रका निमित्त कार्यालय प्रमुख डा मनोजकुमार महतोले जानकारी दिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register