फास्टट्रयाक : लेनडाँडामा यसरी बनाइँदैछ नेपालकै अग्लो पुल (तस्वीरहरू)

८९ वटा ठूला पुलहरू र ६ वटा सुरुङहरूको निर्माण गर्ने योजना छ । तीमध्ये हाल ३ वटा सुरुङ र ५ वटा पुलको निर्माण कार्य सम्पन्न भइसकेको छ ।

Dec 25, 2024 - 09:26
 0
फास्टट्रयाक : लेनडाँडामा यसरी बनाइँदैछ नेपालकै अग्लो पुल (तस्वीरहरू)

मकवानपुर । नेपालकै सर्वाधिक महत्त्वपूर्ण पूर्वाधार परियोजनाको रुपमा हेरिएको काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्टट्रयाक) अन्तर्गत मकवानपुरको लेन डाँडास्थित हाल ब्रिज (पुल) निर्माणाधीन अवस्थामा छ ।

मकवानपुरको मकवानपुरगढी र बकैया गाउँपालिकामा पर्ने उक्त स्थानमा २७० मिटर लामो र नेपालकै सबैभन्दा अग्लो भूकम्प प्रतिरोधी पुल बनिरहेको छ ।

पुल सम्पन्न हुँदा करिब ८१ मिटरसम्म उचाइको अग्लो हुने फास्टट्रयाक निर्माण गरिरहेको नेपाली सेनाको लेनडाँडा बेस क्याम्पका कार्यालय प्रमुख सेनानी निरोज गौतम बताउँछन् ।

राष्ट्रिय गौरवको आयोजनामा रहेको उक्त द्रुतमार्गको काम नेपाली सेनाको व्यवस्थापनमा भइरहेको छ । ७१ दशमलव ५ किलोमिटर लामो यस मार्गमा ८९ वटा ठूला पुलहरु र ६ वटा सुरुङहरूको निर्माण गर्ने योजना छ ।

तीमध्ये हाल ३ वटा सुरुङ र ५ पुलको निर्माण कार्य सम्पन्न भइसकेको छ । अन्यको निर्माण कार्य भइरहेको छ । द्रुतमार्गको भौतिक प्रगति (काम) ३८ प्रतिशत मात्रै भएको छ ।

द्रुतमार्ग अन्तर्गत ६ वटा सुरुङमार्गको कुल लम्बाइ १० दशमलव ३०९ किलोमिटर छ । सरकारले फास्ट ट्रयाक निर्माणको व्यवस्थाको चुनौतीपूर्ण कार्य विसं २०७४ साल बैशाख ४ गतेबाट नेपाली सेनालाई सुम्पिएको थियो ।

तस्वीरहरू –

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register