प्रतिबन्धित लागू पदार्थ सहित ४ जना पक्राउ

विराटनगर, ७ चैत । मोरङ र सुनसरीको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागू पदार्थ सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत्र ६ गते कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय बेलबारी मोरङको संयुक्त टोलीले बेलबारी नगरपालिका–४ का ४३ बर्षीय पर्शुराम दर्जी र उनकै घरमा भाडामा बस्ने ३० बर्षीय सुशिल मोतेलाई घरबाटै [...] The post प्रतिबन्धित लागू पदार्थ सहित ४ जना पक्राउ appeared first on Jhapa Online.

Mar 20, 2025 - 07:52
 0
प्रतिबन्धित लागू पदार्थ सहित ४ जना पक्राउ

विराटनगर, ७ चैत । मोरङ र सुनसरीको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागू पदार्थ सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चैत्र ६ गते कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय बेलबारी मोरङको संयुक्त टोलीले बेलबारी नगरपालिका–४ का ४३ बर्षीय पर्शुराम दर्जी र उनकै घरमा भाडामा बस्ने ३० बर्षीय सुशिल मोतेलाई घरबाटै लागूऔषध बिक्रिवितरण गरीरहेको अवस्थामा १७ ग्राम ८८ मिलिग्राम ब्राउन सुगर र ६१ हजार ६ सय ४० रुपैया सहित नियन्त्रणमा लिएको हो ।

त्यसैगरी लागू औषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलिले बिराटनगर महानगरपालिका–१६ स्थितबाट मोरङ सुन्दरहरैचा नगरपालिका–५ का २४ बर्षीय नेत्र बहादुर खनालको साथबाट विभिन्न प्रकारका प्रतिबन्धित औषधी ६० एम्पुल सहित पक्राउ गरेको हो ।

त्यसैगरी अस्थाई प्रहरी बिट बुढीखोलाबाट खटिएको प्रहरी टोलिले सुनसरी ईटहरी उप–महानगरपालिका–४ स्थितबाट इटहरी–१० का २५ बर्षीय सविन श्रेष्ठलाई ट्रमाडोल १ सय ९० ट्यावलेट सहित पक्राउ गरेको छ ।

प्रतिबन्धित लागू पदार्थ सहित पक्राउ परेका उनिहरुको सम्बनधमा थप अनुशन्धान भईरहेको छ ।

The post प्रतिबन्धित लागू पदार्थ सहित ४ जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register