कार्यकर्ता पंक्तिलाई ओलीको निर्देशन : जेठ १५ गते काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेठ १५ गते गणतन्त्र दिवसको समारोह रहेकाले काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्ने भन्दै त्यसका तयार रहन पार्टी पंक्तिलाई निर्देशन दिएका छन् । पार्टीबाट निर्वाचित बागमती प्रदेशका वडाध्यक्षलाई प्रशिक्षण दिँदै ओलीले यस्तो निर्देशन दिएका हुन् । ‘जेठ १५ गते ११-२ बजेसम्म काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्दछ । आयोजना जुन संस्थाले […]

May 25, 2025 - 10:02
 0
कार्यकर्ता पंक्तिलाई ओलीको निर्देशन : जेठ १५ गते काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेठ १५ गते गणतन्त्र दिवसको समारोह रहेकाले काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्ने भन्दै त्यसका तयार रहन पार्टी पंक्तिलाई निर्देशन दिएका छन् ।

पार्टीबाट निर्वाचित बागमती प्रदेशका वडाध्यक्षलाई प्रशिक्षण दिँदै ओलीले यस्तो निर्देशन दिएका हुन् । ‘जेठ १५ गते ११-२ बजेसम्म काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्दछ । आयोजना जुन संस्थाले गरेपनि काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ । आन्दोलनमा कुनै प्रोटोकल हुँदैन  के गर्ने भन्ने विषयमा पार्टीले निर्देशन दिन्छ तयार रहनुस्,’ ओलीले भनेका छन् ।

त्यसदिन राजावादीहरू पनि प्रदर्शन छ । एमाले सडकमा उत्रिएपछि राजावादी तितरवितर हुने ओलीको भनाइ छ । ‘चामल फुकेर मन्छाउनेहरू ड्याङ्ग्रो र मुजुरा सहितको धामी उत्रिएपछि तितरवितिर हुन्छन् । एमाले ड्याङ्ग्रो सहितको धामी हो चामल फुकेर मन्छाउनेहरू तितरवितर हुन्छन्,’ उनले भने ।

सरकार र जनता मौन रहेको अवस्थामा राजावादीहरू सक्रिय हुन थालेको उनको टिप्पणी छ । ‘सरकार र जनता मौन रहेको अवस्थामा राजावादीहरूले अनावश्यक फुर्ती देखाए । झुटा र वेइमान कुरा गर्ने मण्डलेको स्वभाव हो । १५ गते तथाकथित राजावादीहरू सडकमा उत्रिदैछन् । त्यसदिन काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ,’ उनले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register