बेलायती राजदूतले जानकी मन्दिरमा मनाए २२औं वैवाहिक वर्षगाँठ

जनकपुरधाम । नेपालका लागि बेलायती राजदूत रब फेन र उनकी धर्मपत्नी जुलिया फेनले आफ्नो २२औं वैवाहिक वर्षगाँठ जनकपुरधामको जानकी मन्दिरमा मनाएका छन् । शनिबार बिहान जानकी मन्दिर परिसरमा मिथिलामा विवाहमा हुने स्वयंवरका बेला लगाइने फुलको बरमाला र बेहुलाले टाउकोमा पहिरने मौर पाग लगाएका फेन त्रेतायुगमा भगवान रामजानकीले यसै पावन धर्तीमा व्यहा रचाएकाले आफू वैवाहिक वर्षगाँठ […]

Dec 28, 2024 - 07:45
 0
बेलायती राजदूतले जानकी मन्दिरमा मनाए २२औं वैवाहिक वर्षगाँठ

जनकपुरधाम । नेपालका लागि बेलायती राजदूत रब फेन र उनकी धर्मपत्नी जुलिया फेनले आफ्नो २२औं वैवाहिक वर्षगाँठ जनकपुरधामको जानकी मन्दिरमा मनाएका छन् ।

शनिबार बिहान जानकी मन्दिर परिसरमा मिथिलामा विवाहमा हुने स्वयंवरका बेला लगाइने फुलको बरमाला र बेहुलाले टाउकोमा पहिरने मौर पाग लगाएका फेन त्रेतायुगमा भगवान रामजानकीले यसै पावन धर्तीमा व्यहा रचाएकाले आफू वैवाहिक वर्षगाँठ मनाउन आएको र अत्यन्तै हर्षित भएको बताएका छन् ।

वैवाहिक वर्षगाँठमा जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास, मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहलगायतको सहभागिता थियो ।

राजदूत फेन दम्पतीले जानकी मन्दिर माया, आस्था र विश्वासको प्रतिक रहेकाले आफूहरुले वैवाहिक वर्षगाँठ यही मनाएको बताए ।

उनले माता जानकीको पवित्र जन्मभूमि र मिथिला र मधेसको परम्परागत भेष, सुमधुर भाषा, यहाँको संस्कृति तथा रितिरिवाज रमणीय र संसारकै उत्कृष्टमध्ये लागेको र जनकपुरधाममा आफ्नो २२औं वैवाहिक वर्षगाँठको शिलशिलामा विभिन्न कार्यक्रमहरुमा श्रीमतीसहित सहभागी हुन पाउँदा मलाई गौरवान्वित महसुस भएको बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register