प्रधानमन्त्री प्रचण्डलाई तीन महीना कैद हुनुपर्ने दाबी गर्दै संसद्‌ सचिवालयमा उजुरी

May 19, 2023 - 08:41
 0
प्रधानमन्त्री प्रचण्डलाई तीन महीना कैद हुनुपर्ने दाबी गर्दै संसद्‌ सचिवालयमा उजुरी
प्रधानमन्त्री प्रचण्डलाई तीन महीना कैद हुनुपर्ने दाबी गर्दै संसद्‌ सचिवालयमा उजुरी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको रोस्टमबाट संसदलाई ढाँटेर संसदप्रति अवहेलना गरेकाले तीन महिना कैद हुनुपर्ने माग गर्दै संसद् सचिवालयमा उजुरी परेको छ।

अधिवक्ता स्वागत नेपालले यस्तो उजुरी दर्ता गराउनु भएको हो । प्रधानमन्त्री प्रचण्डले सांसदहरुसँगको प्रश्नउत्तर कार्यक्रममा जवाफ दिँदा टिकापुर घटना छानबिन गर्न गठन भएको गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नेबारे गलत जवाफ दिएको उजुरीमा दाबी गरिएको छ। 

सांसदहरु शिशिर खनाल र गंगाराम चौधरीले सोधेको प्रश्नमा प्रधानमन्त्री दाहालले सर्वोच्च अदालतको फैसलाका कारण टीकापुर लगायत तराई-मधेसमा भएका घटनाको विषयमा छानबिन गर्न गठन भएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न नसकिएको दाबी गर्नुभएको थियो।

प्रधानमन्त्रीले जान्दा जान्दै संसदलाई ढाँटेको भन्दै संविधानको धारा १०३ अनुसार सजाय हुनुपर्ने जिकिर उजुरीमा गरिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1