अष्ट्रेलियाविरुद्धको चौथो टेस्ट : पहिलो पारीमा भारत ३६९ रनमा अलआउट

काठमाडाैं । मेलबर्नमा जारी बोर्डर–गावस्कर ट्रफीअन्तर्गत अस्ट्रेलियाविरुद्धको चौथो टेस्ट क्रिकेटमा भारतको पहिलोपारी सकिएको छ । चौथो दिनको खेल सुरु भएको केही समयपछि भारतको पहिलो पारी ३६९ रनमा समेटिएको थियो । पहिले ब्याटिङ गरेको घरेलु टोली अष्ट्रेलियाले पहिलो पारीमा ४७४ रन बनाएको थियो । भारतका लागि नीतिश रेड्डीले आफ्नो पहिलो टेस्ट शतक प्रहार गर्दै ११४ रन […]

Dec 29, 2024 - 01:30
 0
अष्ट्रेलियाविरुद्धको चौथो टेस्ट : पहिलो पारीमा भारत ३६९ रनमा अलआउट

काठमाडाैं । मेलबर्नमा जारी बोर्डर–गावस्कर ट्रफीअन्तर्गत अस्ट्रेलियाविरुद्धको चौथो टेस्ट क्रिकेटमा भारतको पहिलोपारी सकिएको छ ।

चौथो दिनको खेल सुरु भएको केही समयपछि भारतको पहिलो पारी ३६९ रनमा समेटिएको थियो ।

पहिले ब्याटिङ गरेको घरेलु टोली अष्ट्रेलियाले पहिलो पारीमा ४७४ रन बनाएको थियो ।

भारतका लागि नीतिश रेड्डीले आफ्नो पहिलो टेस्ट शतक प्रहार गर्दै ११४ रन बनाए ।

भारतीय टोलीको पहिलो पारीमा यशस्वी जैसवाल, नीतिश रेड्डी र वासिङ्टन सुन्दरबाहेक कुनै पनि खेलाडीले खास प्रदर्शन गर्न सकेनन् ।

यो समाचार तयार पार्दासम्म अस्ट्रेलियाले दोस्रो पारीमा १ विकेट गुमाएर ३९ रन बनाएको थियो भने भारतविरुद्ध १४४ रनको अग्रता लिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register