चम्फापुर माविले मनायो ६१ औं वार्षिकोत्सव

चन्द्र बस्नेतकनकाई, १४ पुस । झापाको कनकाई नगरपालिका–६ चम्फापुर स्थित चम्फापुर माध्यमिक विद्यालले ६१ औं वार्षिकोत्सव मनाएको छ। आज विद्यालयले एक कार्यक्रमका बीच ६१ औं वार्षिकोत्सव मनाएको हो । विद्यालयले सप्ताहव्यापी विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेपछि आज अन्तिम दिन मूल कार्यक्रम गरेको हो । सप्तऋषि संस्कृत विद्यापिठका नारायण अधिकारी, सौगात ढकाल, पुजन अधिकारीले [...] The post चम्फापुर माविले मनायो ६१ औं वार्षिकोत्सव appeared first on Jhapa Online.

Dec 29, 2024 - 11:31
 0
चम्फापुर माविले मनायो ६१ औं वार्षिकोत्सव

चन्द्र बस्नेत
कनकाई, १४ पुस ।
झापाको कनकाई नगरपालिका–६ चम्फापुर स्थित चम्फापुर माध्यमिक विद्यालले ६१ औं वार्षिकोत्सव मनाएको छ। आज विद्यालयले एक कार्यक्रमका बीच ६१ औं वार्षिकोत्सव मनाएको हो ।

विद्यालयले सप्ताहव्यापी विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेपछि आज अन्तिम दिन मूल कार्यक्रम गरेको हो । सप्तऋषि संस्कृत विद्यापिठका नारायण अधिकारी, सौगात ढकाल, पुजन अधिकारीले स्वस्तिक वाचन र प्रमुख अतिथि विशिष्ट अतिथि सभाअध्यक्षबाट द्विप प्रजवलन गर्दै कार्यक्रमको उद्घघाटन गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्ष खिनमाया बस्नेत (सीता)को अध्यक्षतामा आयोजित कार्यक्रममा कनकाई नगर उप(प्रमुख आशाशर्मा शिवाकोटीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि शिवाकोटीले आजको पहिलो आवश्यकता नै शिक्षा भएको र शिक्षा हासिल गर्न पहिलाको जस्तो समस्या नभएको पहिलाको तुलनामा स्रोत र साधन पनि व्यवस्थित हुँदै गएको भन्दै शिक्षण सिकाईका साथसाथै स्वस्थ्य जीवन जिउन हाम्रो लागि खेल नै आजको आवश्यक भएकाले खेलको माध्यमबाट आफ्नो जीवन स्वस्थ राख्न सुझाव दिनुभएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथि नगर शिक्षा प्रमुख राजकुमार ओडारी, कनकाई–६ का अध्यक्ष लक्ष्मीप्रसाद ओली, कनकाई–७ का अध्यक्ष भीष्मभुषण सिटौला लगायतले स्थानीय सरकारले पनि शिक्षालाई नै जोड दिने गरेको सुनाउनु भएको थियो । प्रधानध्यापक बिष्णुप्रसाद कोइरालाले विद्यालयको प्रगति विवरण र भावी योजनासहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमकै अवसरमा छुट्टाछुट्टै विभिन्न १२ वटा अक्षयकोषका दाता परिवारबाट गरिब तथा जेहेन्दार (उत्कृष्ट) २५ जना विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । त्यस्तै, अक्षयकोषका दाता कनकाई ७ का अध्यक्ष भिस्मभुषण सिटौला सहित अन्य दाता परिवारलाई समेत सम्मान गरिएको थियोे ।

कार्यक्रममा नगर बालबालिका शाखा प्रमुख उमानाथ ढकाल विद्यालयका प्रधानध्यापक, शिक्षक प्रतिनिधि, जनप्रतिनिधि, अभिभावक, अक्षयकोषका दाता परिवार लगायतको उपस्तिथि रहेको थियोे । विद्यालयका शिक्षक मोहन काफ्लेको स्वागत तथा नर्सरी र एलकेजीका नानीबाबुबाट स्वागत नृत्य प्रस्तुत गरिएको थियो । विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष बस्नेतले चम्फापुर विद्यालय नगरपालिकाको नजिकै भए पनि विभिन्न सेवा सुविधामा अलि पछिपरेको, भवनहरु पनि पुराना हुँदै गएकाले केही प्राथमिकतामा राख्न माग गर्नुभयो ।

विद्यालयमा हाल नर्सरीदेखि कक्षा–६ सम्म अंग्रेजी र नेपाली दुवै माध्यममा तथा कक्षा–७ देखि १० सम्म नेपाली माध्यममा पढाइ हुने गरेको छ । विद्यालयमा हाल ३५५ बढी विद्यार्थी २४ बढी शिक्षक–शिक्षिका साथमा शिक्षण सिकाइ गरिरहेको छन् भने विद्यालयका सात वटा भवनमा १६ वटा कक्षा कोठा रहेको प्रधानध्यापक बिष्णुप्रसाद कोइरालाले बताउनुभयो । कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानध्यापक रुद्र थापाले गर्नुभएको थियो ।

The post चम्फापुर माविले मनायो ६१ औं वार्षिकोत्सव appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register